कृष्णा कुमारी महतो भरतपुर अस्पतालको उत्कृष्ट नर्स


काठमाडौं । कृष्णा कुमारी महतो भरतपुर अस्पतालको यो महिनाको उत्कृष्ट नर्स घोषणा भएकी छिन् । अस्पताल प्रशासनका अनुसार महतोलाई यो महिनाको उत्कृष्ट नर्सको पुरस्कार दिने निर्णय गरिएको छ ।

महतो २०६५ सालदेखि अनमीको पदमा कार्यरत रहेको अस्पतालको भनाइ छ । महतो हाल लामो समयदेखि मेडिकल वार्डमा कार्यरत उहाँ सरल, विरामी र सबैसँग मृदुभाषी र कर्तव्यनिष्ठ रहेको अस्पताल प्रशासनले जनाएको छ । ड्युटी सकिएपनि काम नसकिएसम्म वार्ड नछोड्ने उहाँको बानीले सबैको मन जितेको अस्पताल प्रशासनले उल्लेख गरेको छ ।

अस्पताल प्रशासन अनुसार नर्स महतोलाई ५ हजार रुपैयाँ र प्रमाणपत्रसहित मंसिर १ गते १२ बजे प्रसासनमा सम्मान गरिनेछ । भरतपुर अस्पताल प्रशासनले उनी प्रति गर्व गर्दै उनको स्वस्थ जिवन र सेवामा यस्तै निरन्तरताको शुभकामना समेत व्यक्त गरेका छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णा कुमारी महतो, #भरतपुर अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com