डा. थापा भरतपुर अस्पतालका उत्कृष्ट चिकित्सक


काठमाडौं । डा. रमेश थापा भरतपुर अस्पतालका महिनाको उत्कृष्ट चिकित्सक घोषित भएका छन् ।  २०७५ सालदेखि मे.अ.( अर्थोपेडिक सर्जन) को पदमा कार्यरत डा. थापा यो महिनाको उत्कृष्ट चिकित्सक भएका हुन् ।

‘अर्थोपेडिक वार्डमा कार्यरत उहाँ सरल, बिरामी र सबैसँग नरम व्यवहार गर्ने र कर्तव्यनिष्ठ हुनुहुन्छ । ड्युटी बेगर पनि अस्पतालमा बिरामीको काम गर्नुपर्दा गाह्रो नमानी गर्ने उहाँको बानीले सबैको मन जितेको छ।’, अस्पतालले डा. थापाको विषयमा भनेको छ ।

भरतपुर अस्पताल डा. थापा प्रति गर्व गर्दै उहाँको स्वस्थ जिवन र सेवामा यस्तै निरन्तरताको शुभकामना व्यक्त गरेको छ । यो महिनाका उत्कृष्ट चिकित्सक थापालाई ५  हजार रुपैयाँ  र प्रमाणपत्रसहित मंसिर १ गते १२ बजे प्रशासनमा सम्मान गरिने अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालले प्रत्येक महिनाको अन्त्यमा महिनाको उत्कृष्ट नर्स र चिकित्सक घोषणा गरेर सम्मान गर्दै आएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #डा. रमेश थापा, #भरतपुर अस्पताल, #महिनाको उत्कृष्ट चिकित्सक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com