वीपी पुत्र डा. शशांक कोइराला चौथोपटक निर्वाचित


काठमाडौं । नवलपरासी क्षेत्र क्षेत्र नम्बर १ बाट कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला चौथोपटक निर्वाचित भएका छन् । वीपी पुत्र डा. शशांकले एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गरेका हुन् । उनी  उक्त क्षेत्रबाट २०६४ को पहिलो संविधानसभा निर्वाचनदेख  लगातर जित्दै आएका छन् । २०६० को दोस्रो संविधानसभाको चुनाव, २०७४ को प्रतिनिधिसभाको निर्वाचन र अहिलेको प्रतिनिधिसभाको निर्वाचन गरी चौथोपटक संसदमा छिर्ने मौका पाएका छन् ।

एमालेका पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतम प्रतिस्पर्धा गर्दै डा. शशांकले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । उनले २७ हजार १ सय २७ प्राप्त गरेका छन् ।  एमालेका पौडेलले २५ हजार ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका गौतमले २३ हजार ३ सय १ मत ल्याउन सफल भएका छन् ।

 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. शशांक कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com