१९ दिने स्वास्थ्यमन्त्री तामाङ मोहन बस्नेतसँग पराजित


काठमाडौं । १९ दिने स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ मोहनबहादुर बस्नेतसँग पराजित भएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका एमालेका तामाङ कांग्रेसका बस्नेतसँग पराजित भएका हुन् ।

क्षेत्र फेरेर पनि पूर्व सञ्चारमन्त्री बस्नेतले पूर्व स्वास्थ्यमन्त्री तामाङलाई चुनाव हराउन सफल भएका छन् । बस्नेतले तामाङलाई ११ हजार ८ सय ७५ मत अन्तरले पराजित गरेका हुन् । तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गर्दा बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याएर विजयी भएका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री तामाङलाई हराएर बस्नेतले सिन्धुपाल्चोकमा एकछत्र राज गर्ने संकेत देखाएका छन् । सभामुख अग्नीप्रसाद सापकोटालाई चुनौती दिँदै आएका बस्नेतले तामाङलाई पराजित गरेर आफूलाई अब्बल साबित गरेका हुन् । उनी सिन्धुपाल्चोकको जुन क्षेत्रबाट उठेपनि जित्ने उम्मेदवारको रुपमा स्थापित भएका छन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com