पूर्व स्वास्थ्यमन्त्री बोहराले गृहमन्त्री खाँणलाई हराए


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका छन् ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा साढे २ हजार बढी मत ल्याएर पूर्व स्वास्थ्यमन्त्री बोहोरा निर्वाचित भएका हुन् ।

बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता  खाँणलाई २ हजार ६ सय ४२ मत अन्तरले पराजित गरेका छन् । खाँणले ३४ हजार ६ मत प्राप्त गर्दा बोहोराले ३६ हजार ६ सय ४८ मत ल्याएर विजयी भएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा महेश्वर श्रेष्ठलाई ल्याएपछि गृहमन्त्री खाँण विवादमा परेका थिए । श्रीमती मञ्जु खाँणलाई समानुपातिकमा राखेपछि उनको चर्को आलोचना सुरु भएको थियो । यी लगायत धेरै कारण जोडिदा गृहमन्त्री खाँण पूर्व स्वास्थ्यमन्त्री बोहरासँग चुनाव हार्न पुगेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री बालकृष्ण खाँण, #पूर्व स्वास्थ्य मन्त्री दिपक बोहोरा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com