क्रिष्टलले एनसीसी बैंकका सदस्यलाई स्वास्थ्य परिक्षणमा छुट दिने


काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोस्टिक प्रालिले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) का सदस्यहरुलाई स्वास्थ्य परिक्षणमा विशेष छुट दिने भएको छ । उक्त छुटका विषयमा क्रिष्टल डाइग्नोस्टिक प्रालि र एनसीसी बैंक बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्रिष्टल डाइग्नोस्टिक प्रालिका मार्केटिङ महाप्रबन्धक मेगराज भारती गिरी र एनसीसी बैंकका प्रमुख मार्केटिङ अधिकारी अमिता श्रेष्ठ बीच सम्झौता भएको हो ।

महाप्रबन्धक मेगराज भारती गिरीले एक वर्षका लागि स्वास्थ्य परिक्षणमा सहमती भएको बताए । सहमतीसँगै बैंकका सेयर होल्डर, कर्मचारीहरु, एनसीसी बैंकमा खाता खोलेका सेवाग्राहीहरुले स्वास्थ्य सेवामा विशेष सुबिधा पाउने छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com