लैगिक हिंसाविरुद्ध १६ दिने अभियान

१६ दिने अभियानमा लगाउने सेतो रिवनको महत्त्व के हो ?


काठमाडौं । हाल विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो अभियानमा एउटा उल्टो भि आकारको सेतो रिवन लगाउने चलन रहेको छ । किन सेतो रिवनको प्रयोग हुन्छ भन्ने सबैलाई चासो छ ।

सेतो रिवन महिला हिंसाविरुद्धमा पुरुषलाई जागरुक गराउने अभिप्रायले सन् १९९१ मा क्यानडाका उत्साहित युवाहरुको प्रयासमा सेतो रिवन अभियान सुरुवात भएको थियो । महिला र किशोरीमाथि हुने हिंसाको अन्त्यका लागि पुरुषहरुलाई सचेत गराउने यो अभियानलाई ८० भन्दा बढी देशहरुमा मनाइदैछ ।

हिंसालाई अंग्रेजीमा भाईलेन्स भनिने र भाईलेन्सको अंग्रेजी वर्णको अक्षर भि लाई उल्टो बनाउदा बन्ने आकारमा लगाईने सेतो रिवन १६ अभियानका दिनहरुमा लगाईने चलन रहेको छ । यो सेतो रिवन यूरोप लगायतका देशहरुमा यस अवधिमा संसद भवनमा रहेका सभासदहरुले समेत लगाउने गर्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com