ओम्नी काण्डमा मुछिएका भानुभक्त सुनिलसँग पराजित


काठमाडौं । ओम्नी काण्डमा मुछिएका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सुनिल शर्मासँग नराम्ररी पराजित भएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री झन्डै आधा मत फरकले कांग्रेसका डा. सुनिल शर्मासँग पराजित भएका हुन् । अघिल्लो प्रतिनिधिसभा २०७४ को निर्वाचनमा आफूलाई हराएका ढकालसँग शर्माले बदला लिँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकाल २५ हजार ८९५ मतमा अड्किएका हुन् ।

ढकाललाई राप्रपाकी रेखा थापाले १० हजार ९९८ मतका साथ पछ्याउन सफल भएकी छिन् । स्वास्थ्यमन्त्री हुँदा विवादमा परेका ढकाललाई यसपटक मोरङ ३ का जनताले अस्वीकृत गरेका छन् । ओम्नी काण्डमै मुछिएका ईश्वर पोखरेलपछि ढकाल पनि चुनाव हार्ने सूचीमा परेका छन् । चुनाव हार्ने पूर्व स्वास्थ्यमन्त्रीहरु थपिँदै गएका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com