सुकुम्बासीले अस्पताल अगाडी टायर बाल्दा चिकित्सक, बिरामीको भागदौड


काठमाडौं । थापाथली स्थित बाग्मती नदी किनारमा बसेका सुकुम्बासी हटाउने सरकारी प्रयास पछि हिंसा सुरु भएको छ । लामो समय देखि सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरेर बस्दै आएका उनिहरुलाई काठमाडौं महानगरपालिकाले हटाउने अभियान चलाएको छ । उक्त अभियान अनुसार सोमबार दिउसो थापाथली पुगेको सरकारी टोली र सुकुम्बासी बिच हिंसात्मक घटना सुरु भएको हो ।

प्रहरी र डोजर बस्तीमा पुग्नासाथ सुकुम्बासीले ठाउँठाउँमा टायर बालेर बिरोध जनाएका छन् । परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल अगाडी गरिएको उक्त प्रदर्शनले समस्या ल्याएको छ । धुवाको मुस्लो अस्पतालका कोठाहरुमा प्रवेश गर्दा सुत्केरी र विशेषगरी नवजात शिशुलाई समस्या भएको चिकित्सकहरुले बताएका छन् ।

अस्पताल अगाडी बालिएको टायरको धुवा शिशु कक्षमा प्रवेश गरेपछि चिकित्सक बिरामीको भागदौड भएको थियो । चिकित्सकहरु भन्छन् करित २ घण्टा निकै सकसपूर्ण अवस्थामा बिरामीहरु बस्न बाध्य भएका थिए ।

अस्पताल अगाडी यसरी आन्दोलन गर्ने र त्यसमा पनि टायर बालेर धुवा निकाल्ने काम कदापी राम्रो हैन । भर्खर खुला संसारमा निस्किएका शिशु धुवाले निसासिन पुग्छन र ठुलो दुर्घटना पनि हुन सक्ने चिकित्सक बताउँछन् । अस्पतालका बरिष्ठ चिकित्सक श्री प्रसाद अधिकारी धुवाले केही बेर समस्या ल्याएको बताउँछन् । अहिले भने केही कम भएको छ ।

काठमाण्डौ महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाण्डौ महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com