अस्ताउँदा स्वास्थ्यमन्त्री खापुङको बिलौना

आफू समस्या समाधान नगर्ने, नयाँ आउँने मन्त्रीलाई सुनाउने


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भवनाीप्रसाद खापुङलाई मन्त्रीका रुपमा स्वागत गरेको लामो समय भएको छ । एक वर्ष बढी राज्यमन्त्री भएर बसेका उनीपछि मन्त्रीमा नियुक्त भएका थिए । देशलाई सही रुपमा अगाडि बढाउने नेतृत्व नदेखेपछि उनले आम निर्वाचनमा भाग लिएनन् ।

अस्ताउँनै लागेका मन्त्री खापुङले सोमबार एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयले जनतालाई दिएको सेवाबारेमा प्रश्न उठाए । आफै नेतृत्वमा रहेका उनले समस्या समाधान गर्नभन्दा पनि यसबाट आफू पन्छिन चाहेको बुझिन्छ ।

‘स्वास्थ्य सेवाको पाइला पाइलामा समस्या देखियो । अब मत लामो समय बस्दिन नयाँ आउँने मन्त्रीलाई सुनाउँने इच्छा छ ।’ स्वास्थ्य मन्त्री खापुङले भनेका छन्, ‘नयाँ संविधानले दिएको प्रावधान अनुसार यो संविधान कार्यान्वयन गर्ने क्रममा दोस्रो आम निर्वाचन केही स्थान बाहेक सकिएको छ । योसँगै अब मेरो मन्त्री पद अन्तिम हो । राजनीतिबाट बाहिर भएपनि सेवामा सधै लाग्नेछु।’,

मन्त्री परिवर्तन भइरहनेछन् । मन्त्री फेरिए पनि कर्मचारी परिवर्तन हुदैनन् । मन्त्रीले आएर के गर्छभन्दा पनि कर्मचारीले के सुझाव दिएर राम्रो काम मन्त्रीले गर्छन् भन्ने मुख्य कुरा रहेको उनको भनाइ छ । ‘अब म मन्त्री पाउँने पनि हैन । अलिक दिन टिक्छुकी टिक्दिन भन्ने चिन्ता पनि छैन । सुधार गर्नुपर्ने पक्ष कयौं छन् । सुधार गरेर जानै पर्छ । विधि पद्धति कानुन छ । सहज ढंगले विधि पद्धती कानुन मानेर अगाडी बढ्दा राम्रो हुन्छ भन्ने मेरो बुझाई र सुझाव छ’ उनले अघि थपे

जाँदाजाँदै आउने नयाँ स्वास्थ्य मन्त्रीलाई केही कुरा सुनाएर जान चाहेको उनले सुनाए  । विधि पद्धतिभन्दा बाहिरबाट मन्त्रालय चलेको स्वास्थ्यमन्त्री खापुङको निष्कर्ष छ ।’स्वास्थ्यमा आलोचन व्यापक छ । स्वास्थ्य बीमा बोर्डले कामै गरेन भन्ने गुनासाहरु थुप्रै छन् । इमान्दारीता भएन भन्नेहरु पनि उतिकै छन् । अस्पतालहरुका बदमासी उस्तै छन् । औषधिको क्षेत्र र कर्मचारीका समस्या त झन कति हो कति ।’, उनले बिलौना गरे ।

जनताको प्रतिकृया हेर्दा र सुन्दा स्वास्थ्य राम्रो नभएको स्वास्थ्यमन्त्री खापुङले बताए । एउटा मन्त्रीले कति काम गर्छ भन्ने कुरा कर्मचारीको सल्लाह सुझावमा भर पर्ने उनको तर्क छ ।

स्वास्थ्यको सबै समस्या पहिचान गरेजस्तो गरेर बोलेका मन्त्री खापुङले ती कुमारमा आफूले किन सुधार गरेनन् त्यो विषयमा प्रस्ट खुलाएनन् ।

किन निर्वाचन लडेनन् खापुङले  ?

म निर्वाचन लडेर आएको व्यक्ति हुँ । तर, यस पटक निर्वाचन लडिन । किन निर्वाचनमा गईन ? सुझबुझका साथ टिकट माग्ने जमर्को गरिन । मनैदेखि देश सही दिसामा गएको छ भन्ने भान नभएकाले निर्वाचनमा सहभागी हुने जमर्को गरिन । यसलाई तत्काल सुधार्ने अवस्था नदेखेकाले किन सहभागी हुने भनेर निर्वाचनमा भाग लिईन् ।

जटिल रोगको उपचार गराउन भुइँमान्छे बन्चित

विपन्न नागरिक औषधि उपचार जस्तै क्यान्सर, मुटु, मिर्गौला जस्ता जटिल रोगको उपचार गराउन नेपालका भुइँ मान्छे बन्चित भएको महशुस मैले गरेको छु । खास गरी मिर्गौलाका बिरामीलाई राज्यले धेरै ठुलो लगानी गरेको छ । यसको लाभ पीडित बिरामीले लिएको जस्तो लाग्छ तर, क्यान्सर र मुटु रोगका बिरामीलाई राज्यले ठुलो सहयोग गर्न सकेको छैन ।

क्यान्सरको उपचार सहज गर्न सरकारले कस्तो पाइला चाल्नुपर्छ भन्ने कुराको मन्त्रालय स्तरबाट व्यापक समिक्षा होस् भन्ने चाहेको छु । छलफलबाट एउटा उपयुक्त सुझाव राज्यको नीति निमार्ण तहमा पुगोस् ।

निजामती क्षेत्रको ठूलो हिस्सा स्वास्थ्यमा छ । व्यक्ति व्यक्तिका समस्याहरु छन् । म मन्त्रालयमा आएको छोटो समस्या यस्ता समस्या व्यापकमात्रामा पाएको छु । कयौं मान्छेहरुका व्यक्तिगत समस्या लिएर मन्त्रीकहाँ आएका घटनाहरु छन् । यस्ता समस्या गम्भीर ढंगबाट समाधान हुनुपर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #भवनाीप्रसाद खापुङ, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com