पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा र धनराजको लफडाले सरकार गठनमा ढिलाई


काठमाडौं । पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्याल र कांग्रेस उपसभापति धनराज गुरुङबीचको लफडाले सरकार गठनमा ढिलाइ हुने देखिएको छ ।

स्याङजा क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुथ क्याप्चर भएको भन्दै एमाले उम्मेदवार पद्माले पुनः मतदानको माग राखेपछि लफडा सुरु भएको छ । कांग्रेस उम्मेदवार गुरुङले भने तत्काल मत गणना सुरू हुनुपर्ने अडान राखेका छन् ।

नेकपा एमालेले मृतकका नामबाट समेत मत खसालिएको भन्दै पुनः मतदान हुनुपर्ने अडान राखेको छ । कांग्रेसले भने कुनै धाँधली नभएको भन्दै मत गणना अगाडि बढाउन आयोगलाई आग्रह गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले आयोगमा पुगेर उक्त आग्रह गरेका हुन् । यो विषयमा आयोगले निर्णय लिन नसक्दा सरकार गठन प्रक्रिया लम्बिने भएको छ ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये १६१ को मतगणना सम्पन्न भइसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार रहेको सुनसरी क्षेत्र नम्बर ४ को अन्तिम नतिजा आजै आउने सम्भावना छ । बाँकी रहेका बाजुरा, दोलखा र स्याङजामा लफडा भएर मतगणना हुन सकेको छैन ।

पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल र धनराज गुरुङ उम्मेदवार रहेको क्षेत्रमा पुनः मतदान गर्ने कि मतगणना सुरु गर्न निर्देशन दिने भनेर निर्वाचन आयोगका आयुक्तहरुबीच नै मतभेद सुरु भएको छ । यसले सरकार गठन प्रक्रिया लम्बिने संकेत गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस उपसभापति धनराज गुरुङबी, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com