पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा धनराजसँग पछि परिन्


काठमाडौं । पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्याल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पछि परेकी छिन् ।

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज पद्मालाई पछि पारेका हुन् ।

एमालेकी उम्मेदवार पद्मा २ हजार ४ सय १८ मतले धनराज भन्दा पछि परेकी हुन् ।

धनराजले ११ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५ सय २ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गर्दै पद्मालाई पछ्याइरहेका छन् । स्याङजा-२ मा कुल ७० हजार एक सय ९१ मत खसेको छ । २८ हजार ५ सय ८३ मत गणना भइसकेको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ । पद्माको कोर एरिया भने कै ठाउँमा धनराज अगाडि लाग्न सफल भएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com