डा. शेखरलाई बधाई दिन पुगे डा. प्रकाशशरण


काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. शेखर कोइरालालाई भेटेर डा. प्रकाशशरण महतले बधाई दिएका छन् ।

डा. शेखरको सचिवालयका अनुसार काठमाडौंक बिशालनगरस्थित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयमा पुगेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बधाई दिएका हुन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र डा. महत डा. शेखरलाई बधाई दिन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधिसभा सदस्य काठमाडौं क्षेत्र नम्बर चारबाट निर्वाचित गगनकुमार थापाले लड्ने तयारी गरेपछि डा. महत डा . शेखरलाई भेट्न गएको अनुमान गरिएको छ । उनीहरूबीच के कुराकानी भयो त्यो भने सार्वजनिक भएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com