चुवान हार्ने पूर्व स्वास्थ्यमन्त्रीमा पद्मा अर्याल पनि थपिन्


काठमाडौं । चुवान हार्ने पूर्व स्वास्थ्यमन्त्रीमा पद्मा कुमारी अर्याल पनि थपिएकी छिन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङसँग ५ हजार ६ सय २७ मतान्तरमा पराजित भएकी हुन् ।

प्रतिधिनिसभा सदस्य स्याङजा क्षेत्र नम्बर २ बाट पद्माले २५ हजार ८ सय ३९ मत प्राप्त गर्दा गुरुङले ३१ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र दिपक बोहराबाहेक अरुलाई यो पटकको चुनाव फापेन ।  पूर्व स्वास्थ्यमन्त्रीहरु उपेन्द्र यादव, शेरबहादुर तामाङ, हृदेश त्रिपाठी, उमाकान्त चौधरी, रामजनम चौधरी, भानुभक्त ढकाल, राजेन्द्र महतो, गिरिराजमणि पोखरेल, विरोध खतिवडा, उमेश श्रेष्ठ, सुरेन्द्र यादवलगायत यो चुनावमा पराजित हुन पुगेका छन् ।

स्याङजा २ बाट चुनाव लडेकी पद्मा पनि उक्त सूचीमा थपिएकी छिन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com