विश्वका चिकित्सकलाई पछि पार्ने डा शाहीको कार्यपत्र


काठमाडौं । नेपालका चर्चित क्यान्सर राेग विशेषज्ञ डाक्टर अरुण शाहीले तयार गरेकाे एक गाेष्ठिपत्रले संसारका चिकित्सकलाई पछि पारेकाे छ ।

हालै सिंगापुरमा भएको एक सम्मेलनमा  सिंगापुर, अमेरीका, ब्राजिल, बेलायत, भारत, चीन, वंगलादेश, श्रीलंका, जापान, मेक्सिको लगायतका विश्वका सबै देशका तीनहजार क्यान्सर रोग विशेषज्ञहरुको सहभागितामा कयौं प्रस्तुति भएका थिए । तर, नेपाली डाक्टर शाहीको प्रस्तुति संसारका चिकित्सककाे भन्दा धेरै उत्कृष्ट भएकाे घाेषणा गरिएको थियाे ।

उत्कृष्ट प्रस्तुति भएपछि डा.शाहीलाई बेल्जियमका क्यान्सर रोग विशेषज्ञ प्राडा. इरिक भ्यान कटसेमले अवार्ड प्रदान गरे।क्यान्सर रोग विशेषज्ञ डा. शाहीले ‘खानपिन र दैनिक जिवनशैलीले पेटको क्यान्सर हुने जोखिम’ कत्तिको छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

डा.शाहीले सम्मेलनमा क्यान्सर उपचारमा विश्वले गरेको प्रगति, विकशित देश र विकासोन्मुख मुलुकमा क्यान्सर उपचारको क्षेत्रमा भएका प्रविधिको विकास, क्यान्सरलाई घटाउन अपनाउनुपर्ने रणनीति, क्यान्सर उपचारमा भित्रिएको नयाँ प्रविधि लगायतका विषयमा सम्मेलनमा छलफल भएको जानकारी दिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com