चिसो मौसममा बल्झिने ‘पिनास’ को समस्याबाट कसरी जोगिने ?


चिसो मौसम सुरु हुनासाथ मानिसहरूलाई विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । पिनास, छाला सुक्खा हुने, छाला फुट्ने, रुघाखोकी, कोल्ड डाइरिया, हृदयघात लगायतका समस्या चिसो मौसममा बढी हुने गरेको देखिन्छ । तीनैमध्येको एक हो ‘पिनास’ । पिनासको समस्या चिसो मौसममा झन् बढी बल्झिने गर्छ । चिसोका कारण नाकमा भएका छिद्रहरू बन्द हुँदा समस्या हुने गरेको चिकित्सकहरू बताउँछन् ।

पिनासलाई साईनस् साइटोसिस् भनिन्छ । नाक वरपरको भागमा रहेका क्याबिटी वा खाल्टालाई साइनस् भनिन्छ । विविध कारणले यही साइनस् सुनियो वा यसमा सङ्क्रमण भयो भने पिनास हुन्छ ।

आयुर्वेदिक पद्धति अनुसार हरेक रोग लाग्ने मूख्य कारण भनेकै पेट हो । अर्थात् खानपानमा असावधानी अपनाउनु नै रोगलाई निम्तो दिनु हो । खानपानमा सचेत भएपनि दुषित परिवेशमा बस्दा पिनास हुन्छ ।

पिनास लाग्ने मूख्य कारणः
१.प्रदुषित वातावरण ।
२.चिसो खानेकुरा खाँदा नाक वरपरका नलीहरू जाम भएर सुनिने वा नाक बन्द हुन्छ । जसले गर्दा पिनास हुन्छ ।
३.बढी चिल्लो वा पिरो खानु ।
३.वंशाणुगत गुण ।

पिनासका लक्षणहरूः
१.नाक बन्द हुने ।
२.टाउको दुख्ने धेरेैलाई अगाडिको भाग दुख्छ ।
३.अल्छी लाग्ने ।
४.आलस्य हुने ।
५.नाकबाट बाक्लो सिँगान बग्ने । कसैकसैमा सिँगानसँगै रगत पनि आउँछ ।
६. नाकबाट सास फेर्न अप्ठ्यारो हुने ।
७. बास्ना थाहा नहुने वा सुँघ्ने शक्ति कम हुने ।

पिनास चिसोको समयमा बढी हुन्छ । चिसोले टाउको दुख्ने वा पिनास बढ्ने सम्भावना प्रवल रहन्छ ।

पिनासबाट बच्ने उपायः
पिनास लाग्ने प्रमुख कारण नै चिसो खानपान र अस्वस्थ वातावरण भएकाले सदैव यस्ता कुरामा सावधानी अपनाउनु पर्छ । जस्तैः

१.सम्भव भएसम्म सफा र स्वच्छ वातवरणमा बस्ने ।
२.बढी चिसो खानेकुरा नखाने । (बेलुका सुत्नुअघि दही,फलफूल दुध नखाएको राम्रो । यदि दुध खानु परे थोरै बेसार मिसाएर खाँदा चिसो लाग्दैन ।)

पिनासको आयुर्वेदिक उपचारः
आयुर्वेदमा पिनासको दुई प्रकारले उपचार गरिन्छः
१.औषधि खाने ।
२.शुद्धिकरण गर्ने विधि ।

शुद्धिकरण गर्ने विधि पिनासको लागि निकै प्रभावकारी उपचार पद्धति हो । पञ्चकर्म अन्तर्गत पर्ने नस्यकर्मद्वारा पिनासको उपचार गर्नु सबैभन्दा राम्रो हो ।

यसमा सातदिनसम्म उपचार गरिन्छ । जसअन्तर्गत अनुहारमा मसाज गर्ने र अनुहार सेकाउने , जसले गर्दा भित्र भएका फोहोरहरु विस्तारै बाहिर आउँछ । त्यसपछि नाकबाट ड्रप्स हालिन्छ र पुनः अनुहारमा मसाज र सुकाउने काम गरिन्छ र अन्ततः भित्रका सबै विकारहरू बाहिरिएर पिनास हट्छ ।

पिनासको समयमै उपचार नगरे यस्ता समस्या थपिन सक्छः
१.श्वासप्रस्वाशमा समस्या ।
२.दम हुने ।
३.फोक्सोमा समस्या ।
४.नाक बाङ्गिने ।

 

(डा.कोपिला अधिकारीसँगको कुराकानीमा आधारित)

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com