.. अनि गगनले राजुलाई सांसद नबनाउन अडान लिए


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका कांग्रेस महामन्त्री गगनकुमार थापको अडानका कारण कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ प्रदेश सांसद हुनबाट बञ्चित भएका छन् ।

बागमती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले समानुपातिकमा १२ सिट पाउँदा खस आर्य क्लस्टरका पुरूष शिवराम अधिकारी र जनजाति क्लस्टरका पुरूष राजु श्रेष्ठमध्ये एकजना सांसद बन्ने निश्चित जस्तै थियो ।

धादिङका शिवरामभन्दा काठमाडौंका राजु प्रदेश महामन्त्री समेत भएकाले समानुपातिकबाट बागमती प्रदेशसभा सदस्य बन्ने प्रवल सम्भावना थियो । तर, महामन्त्री गगन थापा र उसभापति पूर्णबहादुर खड्काको अडानका कारण उनी सांसद बन्नबाट बञ्चित भएको खुल्न आएको छ ।

बागमती प्रदेशसभा सदस्यको समानुपातिकको बन्द सूचीमा रहेका राजु श्रेष्ठ, बागमती प्रदेशका पूर्व प्रदेशसभा सदस्य  नरोत्तम वैद्य, सुशील नाहाटालगायतको टोली गगनलाई हराउन लागेको प्रमाण भेटेपछि राजुको नाममा महिला उम्मेदवारको भाग्य चम्किएको खुल्न आएको हो ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा समानुपातिकको बन्द सूचीमा रहेका राजु, नरोत्तमलगायत गगनका प्रतिस्पर्धी राजन भट्टराईसँग साँठगाँठ गरिरहेको सिसिटिभी फूटेज फेला परेपछि राजुको संसद यात्रामा ‘ब्रेक’ लागेको हो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार गगनले आफूलाई हराउन राजुले राजनसँग साँठगाँठ गरेको प्रमाण प्रस्तुत गर्दै सांसद बनाउन नहुने अडान लिएपछि प्रकाशशरण महतबाहेक अन्य नेताहरूले साथ दिएका थिए । शेरबहादुर देउवाले पनि सबै कुरामा पदाधिकारीसँग जुध्न नसक्ने भन्दै प्रकाशशरणलाई चुप लाग्न भनेको ति नेताले सुनाए ।

‘राजु प्रदेश महामन्त्री पनि हो । उसलाई सांसद बनाएन भने मेरै बुढानिलकण्ठको घरमा पहिला ढुंगा हान्न आउँछ । तर सबै कुरामा म पदाधिकारीसँग जुधेर जान्न’, देउवाको भनाई उद्धृत गर्दै ती नेताले स्वास्थ्य लाइभाइलाई बताए । त्यसपछि राजुको नाम निर्वाचन आयोगमा पठाउने सूचीमा समावेश भएन ।

राजु २०७४ को स्थानीय तहको चुनावमा बुढानिलकण्ठको मेयरमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । मेयरमा गगनको टिमले हराएको उनको टिमले आरोप लगाउँदै आएको छ । गगन, पूर्णबहादुर निकट रजनी थापालाई टोखा नगरपालिकाको मेयरमा हराउन राजुले भूमिका खेलेको आरोप लाग्दै आएको छ । यता राजुले गगनलाई हराउन राजन भट्टराईलाई भेटेको फुटेज फेला परेपछि गगन,विश्वप्रकाश शर्मा, धनराज गुरुङहरू राजुलाई रोक्न एक ठाउँमा उभिएपछि उनको संसद यात्रा रोकिएको छ ।

हुन त कांग्रेसको समानुपातिक सूचीमा रहेका काठमाडौंका उम्मेदवारहरूले प्रत्यक्षका आफ्नै उम्मेदवार हराउन विपक्षी उम्मेदवारसँग साँठगाँठ गर्न सक्रिय रहेको चर्चा चलिरहेका छ ।

क्याटेगोरी : प्रदेश, विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com