फिट रहन युवाले के गर्ने…


• गाडीमा यात्रा गर्नुभन्दा बाइक वा साइकल चलाउनुहोस् । यसले शरीर सुगठित हुन मद्दत गर्छ ।

• शारीरिक व्यायाम गर्दा आउने चोटपटकबाट बच्नुहोस् । युवा अवस्थामा सामान्य चोटपटकलाई बेवास्ता गर्दा क्रमिक रूपमा ठूलो हुने खतरा आउन सक्छ ।

• सकेसम्म खेलकुदमा भाग लिनुहोस् । यसले शरीरमा ऊर्जा प्रदान गर्छ । तर, खेल्दा वा अन्य साहसिक काम गर्दा सजग रहनुहोस् । खेल्दा प्रयोग गरिने सामग्री सही ढंगले प्रयोग गर्नुहोस् ।

• सकेसम्म जिम जानुहोस् । तर, सन्तुलित जिम गर्नुहोस् ।

• स्कुल–कलेज वा कार्यालय जाँदा सकेसम्म हिँडेर जाने गर्नुस् । यसले शरीरमा स्फूर्ति ल्याउँछ र अल्छीपन हटाउँछ ।

• कहिलेकाहीँ साथीभाइसँग घुम्न र रमाइलो गर्न निस्कनुहोस् । यसो गर्दा रिफ्रेस भइन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com