चिसोमा तातो पानीले नुहाउनुहुन्छ ? ध्यान दिनुस् यी कुरामा


चिसोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकामा बिहान ४/५ डिग्री सेल्सियस तापक्रम मापन हुन थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । पहाडी भेगमा पनि चिसोले जनजीवन प्रभावित बनेको छ ।

यस वर्ष असोजबाट सामान्य चिसो सुरु भइसकेको भएपनि कात्तिक महिनाको पहिलो सातादेखि चिसो बढ्दै गएको छ । स्वभाविक रुपमा चिसो बढेपछि मानिसहरू न्यानो खोज्न थाल्छन् । यसका लागि न्यानो कपडा, शरीर तातो बनाउने खानेकुरा खरिद गर्नेको सङ्ख्या बजारमा बढ्न थाल्छ । यती मात्रै होइन मानिसहरु नुहाउन चिसोभन्दा तातो पानीको प्रयोग गर्न थाल्छन् । तर, तातो पानी स्वास्थ्यका लागि राम्रो नहुने डाक्टरहरूको भनाइ छ ।

तातो पानीको प्रयोगले छालालाई सुक्खा बनाउने र छाला फुट्ने छाला रोग विशेषज्ञ डा. ललन खतिवडा बताउँछन् । उनले तातो पानीले नुहाउँदा तत्काल शरीरलाई आराम भए पनि त्यसले स्वास्थ्यलाई फाइदा नगर्ने बताए ।

डा.खतिवडाका अनुसार बाहिरी वातावरण बढी चिसो हुँदा छाला पनि चिसो हुन्छ । तर, शरीर भित्रको तापक्रम भने तातो रहन्छ । जसले गर्दा छाला र शरीरको तापक्रम मेल खादैन । जसका कारण छाला फुस्रो हुने र फुट्ने गर्छ । जाडोको समयमा तातो पानी बढी प्रयोग गरिने, घाममा बस्ने हुँदा पनि छालाको भएको तेलियपन नष्ट हुन्छ र छाला फुस्रो हुने, फुट्ने गर्छ ।

२५ देखि ३० डिग्रीसम्मको मनतातो पानीले नुहाउँन आग्रह गर्दै डा. खतिवडाले २५–३० डिग्री मनतातो पानीले छालामा कुनै असर नगर्ने बताए । तातो पानीले नुहाइसकेपछि शरीरमा मोइस्चराइजर प्रयोग गर्न फनि उनी सुझाव दिन्छन् ।

यस्तै थाइराइड तथा मधुमेहका बिरामीले पनि नुहाउँदा मन तातो पानी प्रयोग गर्नुपर्छ । थाइराइड तथा मधुमेहका बिरामीले जाडोमा धेरै तातो पानी र चिसो पानी दुवै प्रयोग गर्नु हुँदैन ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com