कसरी गर्ने फिजियोथेरापी ..


सबै रोग औषधि खाएर मात्रै पूर्ण रूपमा निको नहुन सक्छ । कतिपय रोग औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधिको प्रयोगविना व्यायाम वा विद्युतीय उपकरणका माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो ।

यसक्रममा प्रशिक्षित फिजियोथेरापिस्टहरूले व्यायामका माध्यमबाट शरीरका मांसपेशीहरूलाई सही अनुपातमा सक्रिय गराउँछन् । यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ । इलेक्ट्रोथेरापी, म्याङनलथेरापीलगायत विधिबाट फिजियोथेरापी गराइन्छ ।

किन गर्ने ?

कतिपय अवस्थामा एउटा रोगको औषधि खाँदा शरीरका अन्य अंगमा त्यसको साइड इफेक्ट परिरहेको हुन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर परिरहेको हुन्छ । फिजियोथेरापीमा औषधि प्रयोग नहुने भएकाले यस्ता समस्या देखिन्न ।

फिजियोथेरापीले शरीरका अंगहरू मजबुत बनाउँछ । हृदयको चाल र फोक्सोको क्षमता अभिवृद्धि गर्छ । कोरोना महामारीको समयमा आइसियूमा रहेका बिरामीलाई फिजियोथेरापीमार्फत रोगसँग लड्न सक्ने बनाइएको थियो । किनकि, यतिवेला उनीहरूको फोक्सो कमजोर भएर श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बालबालिकादेखि वृद्धवृद्धा सबै समूहका व्यक्तिहरूका लागि फिजियोथेरापी प्रभावकारी बनेको छ ।

फिजियोको सबै सेक्टरमा रोल छ । मेडिसिन, न्युरो, कार्डियोमा पनि उपयोगी बनेको छ । प्यारालाइसिस, विभिन्न प्रकारको बाथका बिरामी, ढाड दुख्ने, मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका बिरामीलाई पनि फिजियोबाट उपचार गराइने गरिएको छ ।

फिजियो एउटा स्वस्थ व्यक्तिले पनि गर्न सक्छ । फिजियोथेरापी गर्नेहरू हरेक उमेर र चरणमा फिट देखिन्छन् ।

अफिसमा काम गर्दा बस्ने तरिका नमिलेर शरीरका विभिन्न भाग दुख्ने हुन सक्छ । यस्तो दुखाइ कम गर्न फिजियोको महत्वपूर्ण रोल छ ।

मानसिक स्वास्थ्यमा सुधार 
फिजियोथेरापीका फाइदामध्ये मानसिक स्वास्थ्य प्रमुख हो । फिजियो गर्नाले खुसी र स्वस्थ महसुस हुन्छ । शारीरिक कसरत गर्दा दिमागले पनि आराम पाउँछ । नकारात्मकताबाट हामी टाढा हुन्छौँ । यसरी हामीले आफ्नो शरीरलाई स्वस्थ भएको महसुस गर्दा हाम्रो मानसिक स्वास्थ्य सुधार हुने मात्रै होइन, आत्मबल बढ्ने पनि गर्छ । हामी दैनिक रूपमा फुर्तिलो हुन्छौँ ।

सुझाव
कुनै पनि समस्या आउन नदिन नियमित व्यायाम गर्नुपर्ने
आधा वा एक घन्टा वाकिङ गर्ने
हेल्दी डाइट खानुपर्ने, नियमित खानपान मिलाएर खानुपर्ने, चिल्लो, पिरो र अमिलो नखाने
औषधि खाँदा पनि कुनै रोग निको भएको छैन भने फिजियोथेरापिस्टसँग सम्पर्क राख्ने

यस्ता रोग तथा समस्यामा उपयोगी
ढाड, कम्मर, गर्दन दुख्दा
हाडजोर्नी तथा नसासम्बन्धी समस्या
प्यारालाइसिससम्बन्धी समस्या
श्वासप्रश्वासको समस्या
मांसपेशीसम्बन्धी समस्या
आङ खसेको समस्या
जन्मजात देखिएका समस्या
प्रजनन तथा स्त्रीरोगसम्बन्धी समस्या
कुनै दुर्घटना भई चोटपटक लाग्दा
अपांगतासम्बन्धी समस्या
उपचारपछि साइड इफेक्ट नहुने
बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने
रोगसँग लड्न सक्ने क्षमता बढ्ने
दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन सहयोग पुग्ने

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com