मेडिकल टुरिजमसहित नवीनतम कार्यक्रम ल्याउन सफल पर्यटनमन्त्री श्रेष्ठ


काठमाडौं । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले यसपटक मेडिकल टुरिजमसहित नवीनतम कार्यक्रम ल्याएको छ । उक्त भिजनसहितको कार्यक्रम ल्याउने उक्त मन्त्रालयको नेतृत्व दिपेन्द्र श्रेष्ठले गरेका थिए ।
मेडिकल टुरिजम, पर्या पर्यटन, साहसिक पर्यटनजस्ता पर्यटनका नयाँ विधालाई प्रादेशिक रुपमा विकास र विस्तार गर्ने सम्भवतः श्रेष्ठ नै पहिलो प्रदेश मन्त्री हुन् ।


पर्यटनलाई स्वास्थ्य, खेलकुद, मनोरञ्जन, वन्यजन्तु जस्ता विभिन्न क्षेत्रमा जोडेर नवीनतम अवधारणाका साथ कार्यक्रम ल्याउन सफल पर्यटनमन्त्री श्रेष्ठ एक वर्षे कार्यकाल पूरा गरेर विदाइ भएका छन् ।


वागमती प्रदेशका पर्यटकीय स्थल प्रचार प्रसारका लागि निर्माण, छायाङ्कन गर्ने चलचित्रलाई प्रोत्साह गर्नेदेखि मकवानपुरको इन्द्र सरोवरलाई केन्द्र बनाइ पालुङ चित्लाङलाई फिल्म सिटीको रुपमा विकास तथा विस्तार गर्ने कार्यक्रम समेत उनको अगुवाइमा समावेश भएको छ ।


सत्यमोहन जोशीको अन्तिम इच्छा समेत रहेको ऐतिहासिक र बहुमूल्य चित्रकला चक्रसंभर पौभा निर्माणदेखि धार्मिक ऐतिहासिक स्थानको पहिचान र संरक्षणमा पर्यटनमन्त्री श्रेष्ठले विशेष भूमिका खेलेका छन् ।
नेपालमै पहिलोपटक नयाँ पर्यटकीय ब्रान्ड क्यानोपी वाक ब्रिजको अवधारणा अनुसार सौराहको वन्यजन्तु पर्यटनलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन उनी सफल भएका छन् ।
हाई हिमालय नेचुरल वाल क्लाइबिङ ट्रेनिङ सेन्टरदेखि हिमाल आरोहीका लागि प्रशिक्षण केन्द्र स्थापना गर्ने समेतका कार्यक्रम पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ कै अगुवाइमा आएका हुन् ।


पशुपतिमा सुविधायुक्त कृयापुत्री भवनको पूर्वाधारसहित ऐतिहासिक मकवानपुरगढी वृहत्त पर्यटन पूर्वाधार विकासका कार्यक्रम उनकै नेतृत्वमा आएको हो ।
दोलखामा हनुमन्ते एकीकृत पर्यटन विकास पूर्वाधार, जिरीमा मानव निर्मित ताल, पर्यटन विज्ञान अनुसन्धान पार्कलगायतका पूर्वाधार विकास र विस्तारमा पर्यटनमन्त्री श्रेष्ठले विशेष कार्यक्रम ल्याएका छन् ।
मेडिकल म्युजियम, तामाङ सांस्कृतिक संग्रहालय जस्ता विभिन्न जात जाति र ऐतिहासिक तथा विधाका विविधता झल्किने संग्रहालय निर्माणका योजना समावेश गरेर पर्यटन क्षेत्रको थप विकास र विस्तारमा उनले विशेष भूमिका खेलेका छन् ।


पर्यटन कार्यालयका सेवालाई विद्युतीय माध्यमबाट दिनेदेखि सेवालाई प्रभावकारी बनाउन मन्त्री श्रेष्ठ सफल भएका छन् ।
पर्यटनमन्त्री श्रेष्ठले भ्यू टावरको विकृत्ति अन्त्य गर्नेदेखि थानकोटस्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गामा अनियमित तरिकाले लगाइएको ठेक्कामाथि छानबिन समिति बनाइ कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका छन् ।

भोटेकोशी नदी किनारमा बनेको स्विमिङ पुलमा  भएको बजेट दुरुपयोग र अनियमितताको पर्दाफास गर्ने काम समेत पर्यटनमन्त्री श्रेष्ठले गरे ।

राजधानीमा सम्पदा पदमार्ग निर्माण गर्ने कार्यक्रम ल्याउने पहिलो व्यक्ति दिपेन्द्र श्रेष्ठ हुन् । त्यसपछि उक्त कार्यक्रम काठमाडौं महानगरपालिका र संघीय पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि अनुसरण गरेको देखिन्छ ।
पर्यटन पूर्वाधार हस्तान्तरणसम्बन्धी ४ वर्षसम्म हुन नसकेको पर्यटनका नीति तथा कानुन एकै वर्षमा बनाउन उनी सफल भए ।
पर्यटनमन्त्री श्रेष्ठले एक वर्षे कार्यकालमा संस्कृति तथा पर्यटन क्षेत्रलाई विकास र विस्तार गर्न महत्त्वपूर्ण योगदान दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com