भारतको उत्तर प्रदेशमा ९ दिनको अवधिमा १ सय ३० जनाको मुटुसम्बन्धी समस्याका कारण मृत्यु


भारत । भारतको उत्तर प्रदेशमा १० दिनको अवधिमा १ सय ३० जनाको हृदयघातका कारण मृत्यु भएको छ ।

उत्तर प्रदेशको कानपुरमा मुटुसम्बन्धी समस्या लिएर अस्पताल आउने अधिकांश बिरामीको मुटुमा रगतको ढिक्का बन्ने, रक्तचाप अकस्मात बढ्ने, हृदयघात र ब्रेन स्ट्रोक जस्ता समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

केजीएमयूका मुटुरोग विशेषज्ञ प्रा.डा.अक्षय प्रधानका अनुसार यसपटकको चिसोमा हृदयघात वृद्धवृद्धामा मात्रै नभई विभिन्न उमेर समूहका व्यक्तिहरूमा देखिन थालेको छ । जुन चिन्ताको विषय हो । त्यसकारण सकेसम्म घरमै बस्नुहोला ।

कानपुर जिल्लाको सबैभन्दा ठूलो हृदयरोग अस्पताल कार्डियोलोजीमा चिसोयाममा दैनिक एक हजारदेखि १५ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

उत्तर प्रदेश सरकारका अनुसार पछिल्लो ९ दिनमा मात्रै कानपुरमा १ सय ३१ जनाको हृदयघात वा मुटुमा रगतको ढिक्का बनेर मृत्यु भएको छ ।

भारतमा यसपटकको हिउँदमा उत्तरप्रदेश, पञ्जाब, दिल्ली लगायत उत्तरभारत लगायतका क्षेत्रमा जनजीवन अत्यधिक प्रभावित बनेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com