चिसोमा नवजात शिशुलाई नुहाउने सहि तरिकाबारे जानौं


यतिबेला देशैभर चिसोका कारण जनजीवन प्रभावित बनेको छ। विशेषगरी तराईमधेशमा शितलहर र हिमाली भेगमा हिमपात भइरहेको छ।चिसो मौसममा नवजात शिशुको विशेष ख्याल गर्नुपर्छ। पूरा व्यक्तिहरूले झै उनिहरूलाई हप्तैपिच्छे नुहाइदिने, नुहाउँदा पानीको तापक्रमबारे जानकारी नहुँदा समस्या हुन सक्छ । नवजात शिशुलाई चिसो मौसममा  नुहाउँनेबारे सहित तरिकाबारे शिशुरोग विशेषज्ञ डा.लव कुमार साह यसो भन्नुहुन्छ :

१. जन्मेको २४ घण्टा भित्र शिशुलाई ननुहाउने ।

२. हिटरको प्रयोग गरेर कोठा न्यानो राख्ने ।

३. मनतातो पानी (तापक्रम ९० देखि १०० डिग्री फरेनहाइट) को प्रयोग गर्ने ।

४. शिशुलाई हरेक दिन नुहाउन जरुरी हुँदैन, फोहोर भएको ठाउँमा दैनिक पुछेर हप्तामा २ पटक नुहाउँदा उपयुक्त हुन्छ ।

५. वयस्कले प्रयोग गर्ने साबुन प्रयोग गर्नु हुँदैन । अल्कोहल नभएको बेबी स्याम्पु प्रयोग गर्नुपर्छ ।

६. नुहाउँदा शिशुले प्रयोग गर्ने साबुनः
– PH मिलाएको ।
– एलर्जी कम गर्ने ।
– शिशुको नरम छालाको निम्ति बनाएको हुनुपर्छ।

७. नुहाउँने समय १० मिनेटभन्दा कम हुनुपर्दछ । लामो समय ननुहाउने । लामो समय नुहाउँदा यसले शिशुको छाला सुख्खा बनाउँछ ।

८. नुहाउँदा पहिला शरीर नुहाएर कपडाले पुछेर अनि टाउको नुहाउँदा उपयुक्त हुन्छ ।

९. नुहाएपछि छाला नरम बनाउन तेल वा मिल्क प्रोटिन, भिटामिन ई र म्वाइस्चराइजर भएको moisturising lotion प्रयोग गर्नपर्छ ।

१०. नुहाएपछि टाउकोमा टोपी शरीरमा पत्र पत्र भएको कपडा लगाइदिनु पर्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com