चिसो मौसममा बालबालिकालाई निमोनियाको उच्च जोखिम, कसरी जोगाउने ?


अहिले देशैभर चिसोका कारण जनजीवन प्रभावित बनिरहेको छ । चिसोले विशेषत: बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गर्छ। चिसोका कारण पछिल्ला दिनमा अस्पताल र क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेहरूको भिड लाग्ने गरेको छ ।

बालबालिकालाई चिसोबाट जोगाउन सकिएन भने निमोनिया, रुघाखोकी र झाडाबान्ता हुन सक्छ । तसर्थ, चिसो मौसममा विशेष सतर्कता अपनाउनु पर्छ ।

बालबालिकामा निमोनिया हुँदा देखा पर्ने लक्षण  :
– खोकी लाग्ने ।
– सास  फेर्न गाह्रो हुने ।
– स्वाँ–स्वाँ हुने, छिटो छिटो स्वास फेर्ने ।
– कोखा हान्ने ।
– छाती घ्यार घ्यार हुने ।
– ज्वरो आउँने  ।

जाडोमा नै बालबालिकामा किन हुन्छ निमोनिया ?
जाडोले गर्दा कुनै व्याक्टेरिया गएर निमोनिया गराउने होईन । तर, धेरै चिसो हुँदा झ्याल ढोका बन्द गरेर गुम्म भएर बस्ने भएकाले भित्री प्रदुषण बढी हुन्छ ।

इन्फ्लुन्जा, एचवान, एनवान, कमन कोल्डका भाइरसहरु जाडो महिनामा नै बढी सक्रिय हुनेगर्छन् ।

पहिलादेखि नै श्वास–प्रश्वास सम्बन्धी समस्या छ, छाती घ्यार घ्यार हुने गर्छ वा दमको रोग छ भने अझ धेरै गाह्रो हुनेगर्छ । साविकभन्दा धेरै औषधि लिनुपर्छ तर त्यसले काम नगर्ने सम्भावना पनि उत्तिकै हुनेगर्छ ।

बचाउने उपाय  :
– चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा बढी हुने गर्छ ।  त्यसैले उनीहरुलाई न्यानो पारेर राख्नुपर्छ ।

– चिसो हावामा बालबालिकालाई कपडा लगाइएको छ भनेर खेल्न दिनुहुँदैन । झ्यालढोका पूरै बन्द गरेर बस्नु हुँदैन  ।

– पहिलेदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । दमको समस्या हुनेले विशेष ध्यान दिनुपर्छ ।

– दुई वर्षसम्म आमाको दुध नियमित खुवाउने तथा पोषणयुक्त तातो खाना खुवाउने गर्नुपर्छ।

– घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई उनीहरूबाट टाढा राख्नुपर्छ ।  बालबालिकालाई भिडभाडमा राख्नु हुँदैन ।

– पाँच वर्षसम्मका बालबालिकाकोे छातीका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाइदिने गर्नुपर्छ ।  पसिना आएमा समय–समयमा कपडा परिवर्तन गरिदिनुपर्छ ।

– बालबालिकालाई उमेरअनुसारको नियमित खोप लगाउनु पर्छ । ६ महिनाभन्दा बढी उमेरका बालबालिकालाई बर्सेनि खोप लागाउनुपर्छ ।

– निमोनियाको सामान्य लक्षण देखापर्ने बित्तिकै स्वास्थ्यसंस्था लैजानुपर्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com