सुदन र भगवतीमध्ये को बन्ला स्वास्थ्यमन्त्री ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल आज पूर्णता पाउने सम्भावना देखिएको छ । हिजो बेलुका बसेको सत्ता साझेदार दल सम्मिलित राजनीतिक संयन्त्रको बैठक मन्त्रालयको मोटामोटी सहमति गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने मोटामोटी सहमति भएपनि नेकपा एमालेले समेत दाबी गरेको छ ।

एमालेले स्वास्थ्यमा दाबी छाडेर पर्यटनमा जाने सम्भावना उत्तिकै रहेको बालुवाटार स्रोत बताउँछ ।

माओवादीले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा भोजपुरका सुदन किराँती स्वास्थ्यमन्त्री बन्ने सम्भावना रहेकाे छ । यता एमालेले स्वास्थ्य मन्त्रालय पाए सुनसरीकी भगवती चौधरी मन्त्री  बन्ने चर्चा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने स्वास्थ्य मन्त्रालय छाडेर शिक्षा रोजेको छ । सुदन किराँती माओवादीको भागमा स्वास्थ्य परे स्वास्थ्य नपरे पर्यटनमन्त्री बन्ने देखिन्छ ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com