वीर अस्पतालमा २० वर्षपछि नयाँ क्याथ ल्याब सेवा सुरु


काठमाडौं । नेपालको बुढो अस्पताल वीरमा २० वर्षपछि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्री पदम गिरी र स्वास्थ्य सचिव डा राेशन पाेखरेलले उक्त क्याथ ल्यावकाे उद्घाटन गरेका छन् ।

सन् १९८५ मा क्याथ ल्याब रहेपनि सन् २००० बाट सेवा नियमित हुन सकेन । सेवा राेकिएकाे २० वर्षपछि नयाँ क्याथ ल्याब सेवा सुरु भएकाे हो।

क्याथ ल्याबकाे ईतिहास नेपालमा वीरबाटै सुरु भएकाे मानिन्छ। तत्कालीन समयमा सन् १९८५ मा राजा विरेन्द्रले क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।

अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले वीर अस्पताल १ सर ३३ वर्ष पुरानाे रहेको र हाल ६८ आईसीयू कक्षबाट सेवा दिइरहेको बताए।

उनले १५ शल्यक्रिया कक्ष रहेपनि जनशक्ति अभावका कारण सबै चलाउन नसकिएकाे उल्लेख गरे ।

‘लाेक सेवाबाट ३ सय जनशक्ति थप गर्ने भनिए पनि अहिलेसम्म खुल्न संकेतकों छैन । सेवा विस्तार गरियाे तर, विशिष्टिकृत जनशक्तिको कमि देखिएको छ । १ वटा सिटि, १ वटा एमआरआई छ । पालाे पाउँन समस्या छ।’ उनले भने ।

डाक्टर समीर पाैडेलले क्याथ ल्याब कार्डियोलोजी सेवामा उपयोग गरिने बताए।

क्याथ ल्याब राम्रोसँग सुरु गर्न केही सामान थप गर्नु पर्ने भन्दै डा. पौडेलले सबै सामान थप गरेपछि अत्यन्तै सस्ताेमा उत्कृष्ट सेवा दिने बताए ।

५० हजार तलब खुवाएर निजिमा हामी चिकित्सक समेत उपचार गर्न नसक्ने भन्दै क्याथ ल्याब सेवालाई गरिबमैत्री बनाउनु पर्ने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.राेशन पाेखरेलले बिरामीले ओपिडीमा कुर्न नपर्ने गरी शल्यक्रिया सेवा बढाउन आग्रह गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ