दिपेन्द्रको पहलमा काठमाडौं-१ का नागरिकलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध गराइने


काठमाडौं । काठमाडौं-१(१)बाट निर्वाचित  बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा काठमाडौं-१ का नागरिकलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध गराइने भएको छ ।

चुनावको बेला अशक्तहरुलाई टेलिमेडिसिन सेवा दिने प्रतिबद्धता जनाएका उनले मतदातालाई यो सेवा दिन पहल थालेका हुन् ।

कोरोनाकालका सिभिल अस्पताललाई झन्डै दुई करोडको स्वास्थ्य सामग्री वितरण दिएर चर्चामा आएका श्रेष्ठले स्वास्थ्य र शिक्षाका क्षेत्रमा विशेष सुविधा उपलब्ध गराउन लागिपरेका छन् । उनले काठमाडौं-१ का प्रोस्टेटका रोगीहरूलाई टेलिमेडिसन पद्धतिमार्फत निःशुल्क परामर्श सेवा दिईने जनाएका छन् ।

सांसद श्रेष्ठले आज वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. दीपक कुमार रौनियारलाई भेटेर निःशुल्क रूपमा प्रोस्टेटका रोगीहरूलाई Tele – Medecine पद्धति मार्फत निःशुल्क परामर्श सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । उक्त प्रस्तावलाई डा. रौनियारले सहर्ष स्वीकार गर्दै टेलिमेडिसिन पद्धतिद्वारा निःशुल्क परामर्श सेवा दिने भएका हुन् ।

डा. रौनियार कै क्लिनिकमा काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचनको अवधिमा प्रतिबद्धतापत्रमा उल्लेख गरिए बमोजिम निःशुल्क रूपमा प्रोस्टेटका रोगीहरूलाई Tele-Medecine पद्धतिमार्फत निःशुल्क परामर्श सेवा दिईने विषयमा वृहत्त छलफलमा भएको छ’ सांसद श्रेष्ठले भने, चाँडै समय निर्धारण गरि सेवा प्रदान गरिने सहमति भएको छ ।’,

बागमती प्रदेशका निर्वतमान संस्कृति तथा पर्यटनमन्त्री समेत रहेका श्रेष्ठले चुनावी प्रतिबद्धता पत्रमा उल्लेख भएका स्वास्थ्यका एजेण्डाहरुलाई कार्यान्वयनमा लाग निरन्तर लागि पर्ने जानकारी दिए । मेडिकल टुरिजमलाई प्राथमिकतामा राखेर उनले टेलिमेडिसनलाई पनि यसको मुख्य आधारका रूपमा लिएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #टेलिमेडिसिन सेवा, #डा.दिपक रौनियार, #दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com