टेलिभिजन र सिनेमा : मानसिक शक्तिको क्षयीकरण


हजारौंमा एकदुई जनाले मात्रै टेलिभिजन तथा सिनेमाको वास्तविक सदुपयोग गरेका हुन्छन भनौँ कि त्यसबाट समुचित शिक्षण पाएका हुन्छन् ।

बाँकी अधिकाशंका लागि टेलिभिजन तथा सिनेमा मस्तिष्कीय विकासको सशक्त बाधक बनिरहेको हुन्छ । यो कुरा कसले विचार गर्ने ?

सबैलाई थाहा छ, टेलिभिजनका अधिकांश विषयवस्तुहरू आलोचना, अश्लिलता, नग्नता, लडाई-झगडा र यस्तैयस्तै सामग्रीले भरिएका हुन्छन् । सिनेमाको त के कुरा, एउटा दुइटा चलचित्र बाहेक प्राय सबैमा हिरो र गुण्डापक्षमा कसरी लडाई-झगडा र षडयन्त्र गर्ने भन्ने कथावस्तुलाई देखाइएको हुन्छ ।

टेलिभिजन तथा सिनेमामा बढ्दो उमेरका कलिला केटाकेटीको निर्मल दिमागमा गहिरो प्रभाव पुऱ्याउने षडयन्त्रमुखी मनोविज्ञान प्रयोग गरिएको हुन्छ ।

तपाईंले सुन्ने गर्नुभएको होला कि सिनेमा या टेलिभिजनको फलानो पात्रले जस्तो नक्कल गर्दा फलानोको १२-१४ वर्षे छोरा झुण्डिएर या माथिबाट हाम फालेर मरेछ । हो, कलिलो मन-मस्तिष्कमा उडन्ते र बकम्फुस्से कुराहरूको छाप र त्यसबाट ज्यानै जाने गरि हुने दुर्घटनाहरू । यही हो आधुनिक मनोरञ्जन दुनियाँ छिमेकी राष्ट्र भारतको मद्रासस्थित अर्थात् टेलिभिजन र सिनेमाको अभिशाप।

मेट्रोपोलिटन मजिष्ट्रेट चिण्डले केही दशक पूर्व एउटा मुद्दा फैसला गर्ने सन्दर्भमा भनेका थिए ‘सिनेमा यस युगको अभिशाप हो । यसले अन्धकारको खाडलमा सदाका लागि धकेलिदिएको छ ।’

तपाईंका लागि योग खाली समय टेलिभिजन या सिनेमा हेरेर बिताउने बच्चाको दिमाग क्रमशः उर्वरताशुन्य र सृजनाहीन हुँदै जान्छ । अत्यन्त शसक्त मानिने उसको कल्पनाशक्ति पनि क्षीण हुँदै जान्छ किनकी ऊ आफ्नो आन्तरिक या वैयक्तिक कल्पनामा भन्दा बाहिर र अर्थहीन विषयहरूमा बढी सोच्न थाल्छ ।

यसले उसलाई खोजपूर्ण मानसिकताबाट वञ्चित राख्छ । यसको विपरित ऊ पराबलम्बी र शेखचिल्लीवाला हुन्छ । तपाईँ आफ्नै घरमा परीक्षण गरेर हेर्नुहोस्, केटाकेटीलाई २-३ अङ्कको गुणन गर्न दिनुहोस् । ऊ क्याल्कुलेटर खोज्न थाल्छ । आफ्नो दिमागी क्षमता प्रयोग गर्न चाहँदैन ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com