डिम्बबाहिनी नलीमा बच्चा बस्ने सम्भावना हुन सक्छ, जानौं कारणबारे


सामान्यतया गर्भवती हुँदा बच्चा बस्ने नलीमा बस्ने गर्छ । यसरी बच्चा बसेको बच्चा ४,५ दिनपश्चात् भ्रुणमा परिणत हुन्छ र पाठेघरमा आउँछ । नगन्य महिलाहरू उक्त नलीबाट बच्चा पाठेघरमा नआई त्यही अल्मलिएर बस्ने अवस्था हुन्छ । सामान्यतया यस्तो अवस्थालाई डिम्बबाहिनी नलीमा बच्चा बसेको अवस्था भनी बुझिन्छ ।  उदाहरणका लागि जसरी बाटो बिराएको अवस्थामा गाडी रोकिने गर्छ नलीमा बच्चा बस्ने अवस्था पनि उस्तै उस्तै हो ।

कारणहरू :  –
विभिन्न प्रकारका संक्रमण ।
अत्याधिक मात्रामा औषधिको सेवन ।
गर्भवती हुनुपूर्व गरिएको पेटको शल्यक्रिया ।
मासिक रुपमा एकभन्दा बढी डिम्ब बन्नु ।

डिम्बबाहिनी नलीमा बच्चा बसेको पहिचान कसरी गर्ने ? 
– यदि कुनै पनि महिलाको बच्चा डिम्बबाहिनी नलीमा बसेको छ भने अल्ट्रासाउन्ड गर्दाे पाठेघरमा बच्चा देखिदैंन ।
–  अस्वाभाविक रुपमा पेट दुख्नु ।
–  अत्याधिक मात्रामा रक्तसाव्र हुनु ।
–   बेहोस हुनु ।

यस्तो समस्याबाट बच्ने उपायहरु छैनन् बरु रोग लागेमा बेलैमा उपचार गर्नुपर्ने हुन्छ । बेलैमा पहिचान तथा उपचार हुन सकेन भने अकालमै ज्यान जान्छ ।

(स्त्री तथा प्रस्तुतिरोग विशेषज्ञ डा.जागेश्वर गौतमसँगको कुराकानीमा आधारित)

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com