लुम्बिनी स्वास्थ्य मन्त्रालयद्वारा एन्टिमाइक्रोबियल रेसिस्टेन्टसम्बन्धी राष्ट्रिय कार्य योजना तयार


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारे जनचेतना फैलाउनका लागि विभिन्न योजना तयार पारेको छ ।

पछिल्लो समय एन्टिमाइक्रोबियल रेसिस्टेन्टको नकारात्मक प्रभाव मानिसमा बढ्न थालेपछि लुम्बिनी प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमदेखि विभिन्न योजना तयार पारेर काम अघि सारेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले एन्टिमाइक्रोबियल रेसिस्टेन्टको प्रभावबारे जनचेतना फैलाउन र यसको प्रयोगलाई नियन्त्रण गर्न आर्थिक वर्ष २०७८/०७९ मा बजेटको व्यवस्था गरेर विशेषज्ञलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्टका लागि प्रादेशिक कार्य योजनाको खाका पनि बुझाएको छ ।

प्रदेश सरकारले तयार पारेको खाकामा सन् २०२० देखि २०२५ सम्म एन्टिमाइक्रोबियल रेसिस्टेन्टसम्बन्धीको राष्ट्रिय कार्य योजनासँग सम्बद्ध हुने र एक स्वास्थ्य देष्टिकोणको प्रयोग गर्दै मानव र गैर मानव दुबै क्षेत्रमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारेका महत्त्वपूर्ण क्षेत्रमा योजनाले काम गर्ने उल्लेख छ ।

मन्त्रालयका सचिव डा.विकास देवकोटाले एन्टिमाइक्रोबियल रेसिस्टेन्टका समस्याविरुद्ध लड्न र स्वास्थ्य दृष्टिकोणबाट राष्ट्रमा योगदान पु¥याउने उदेश्यका साथ सरकार योजना बनाएर अघि बढेको बताए ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्टको प्रभाव कम गर्न, मृत्युदर घटाउन, विकृति र प्रदेशको अर्थतन्त्रलाई जोगाउनका लागि सरकार गम्भीर भएको भन्दै सर्वसाधारणमा यसको सचेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘सरकारले रणनीतिक योजना बनाएर प्राथमिकिरण गरेर काम गरिरहेको छ । जसमा सर्वसाधारणलाई सचेतना फैलाउनेदेखि यसको प्रभावबारे सबैलाई जानकारी दिइनेछ । एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारेको प्रभाव कम गर्ने पनि रहेको छ । यसमा सबैको सहभागिता आवश्यक छ ।’

मानव, जनावर र खानामा एन्टिमाइक्रोबियल एजेन्टहरूको प्रयोगलाई अनुकूलन गर्ने, एन्टिमाइक्रोबियल रेसिस्टेन्टका गतिविधिहरूमा लगानी प्रवद्र्धन गर्ने, अनुसन्धान र नयाँ खोजहरू गर्ने, एन्टिमाइक्रोबियल रेसिस्टेन्टमाथि निगरानी गरेर ज्ञान र प्रमाणलाई बनाउने प्रदेश सरकारको रणनीतिक योजना रहेको पनि डा.देवकोटाले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेसिस्टेन्ट विश्वभर १० स्वास्थ्य चुनौतीमध्यको एक रहेको बताएको छ ।

सङ्गठनले सन् २०५० सम्म वार्षिक एक करोड मानिसको मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण हुने पनि अनुमान गरेको छ । साथै एन्टिमाइक्रोबियल रेसिस्टेन्टको सबैभन्दा बढी प्रभाव विकासोन्मुख मुलुकमा पर्ने पनि सङ्गठनको प्रक्षेपण रहेको छ ।

सङ्गठनका अनुसार सन् २०१९ मा मात्रै एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण विश्वभर १० लाख २७ हजार मानिसको मृत्यु भएको थियो । जसमा प्रत्येक ५ जनामध्ये एकजना बालबालिका ५ वर्ष मुनिको रहेका थिए ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com