के युरिक एसिडका कारण हुने बाथबाट जोगिन सकिन्छ ?


विशेष गरी जाडोयाम सुरु हुनासाथ मानिसहरूमा युरिक एसिडको समस्या बढ्न थाल्छ। यो समस्या लिएर यस वर्षको जाडो याममा अस्पताल पुग्ने बिरामी पनि धेरै छन् । हिजोआज युरिक एसिडको समस्या भएका मानिस प्रायः सबैजसो घरमा भेटिन्छन् पनि। तर, युरिक एसिड कसरी हुन्छ ? भन्नेबारे ध्यान दिने कमै छन् ।

युरिक एसिडको समस्यालाई सयमै ध्यान नदिने हो भने त्यसले थप समस्यालाई बल्झाउन सक्छ । बाथरोगबारे डा.अमित कर्णको सुझाव:

के हो युरिक एसिडका कारण हुने बाथ ?
युरिक एसीडबाट हुने बाथ भनेको सामान्य किसिमको बाथ हो । बाथ देखिएका अधिकांश बिरामीमा युरिक एसिडकै कारणले बाथ भएको देखिन्छ । यो युवा, वयस्क, वृद्धा सबै उमेर समुहमा देखापर्छ ।

मानिसहरूले अल्छि गर्ने र खानापानमा लापरबाही गर्दा युरिक एसिड बढ्न सक्ने सम्भावना हुन्छ । त्यसकारण यो बेला खानपान र व्यायाममा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

शरीरमा युरिक एसिड धेरै बढ्यो वा यसको चक्रअनुसार काम भएन भने यसका (क्रिस्टल) नुन जस्तो जोर्नीमा जम्छ र युरिक एसीडबाट हुने बाथ देखापर्छ । कारण हाम्रो शरीरमा युरिक एसिडको मात्रा आवश्यक्ताभन्दा बढी भयो भने यसले बाथ लगायतका रोग देखा पर्छ ।

युरिक एसिड हुने मुख्य कारण भनेकै प्युरिन बढी भएका खाना खानु वा खानामा सन्तुलन कायम नगर्नु हो । युरिक एसिड व्यक्तिको शारीरिक अवस्था र रोगप्रतिरोधात्मक क्षमतामा भर पर्छ । तर, सामान्यतया आम मानिसमा ६ मिलिग्राम प्रतिलिटरभन्दा कम हुनुपर्छ । युरिक एसिडबाट हुने बाथ वंशाणुगत कारणले पनि हुन सक्छ ।

लक्षणहरू :
खुट्टाको बुढी औंलाको जोर्नी दुख्ने । सुन्निने ।
जोर्नी आसपास रातो हुने ।
जोर्नीहरु दुख्ने ।
जोर्नी आसपास ससाना हड्डीका टुक्रा भेटिने ।
शरीर आलास्य हुने, दुख्ने ।

यस्ता खाना नखाने : सेतो काउली , च्याउ, रातो मासु, छाला, भुटन, आन्द्रा पालुङ्गोको साग भटमासबाट बनेका खाने कुरा, बियर

बच्ने उपाय:
पानी प्रशस्त पिउने ।
स्वस्थ खाना खाने ।
सक्रिय जीवनशैली अपनाउने ।
वर्षको कम्तीमा एक पटक स्वस्थ परीक्षण गराउने ।
युरिक एसीडबाट हुने बाथलाई सामान्य रुपमा लिनु हुँदैन् ।

यसको समयमै उपचार नगराए जोर्नीहरू चलाउन नसकिने, हिँडडुल गर्न गाह्रो हुने लगायका समस्या आई मानिसलाई अपाङ्ग बनाउन पनि सक्छ । तसर्थ युरिक एसिडबाट हुने बाथबाट बच्न जरुरी छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com