स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्र अहिले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाहिर रहेको छ । उक्त मन्त्रालय सिंहदरबारबाट डेढ/दुई सय मिटर टाढा रामशाहपथ रहेको छ ।

अब भने सिंहदरबारबाहिर रहेको एक मात्र मन्त्रालय स्वास्थ्यलाई सिंहदरबारभित्र सार्ने तयारी भएको छ । गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र सार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयलाई संसद सचिवालयको भवन दिएर सिंहदरबार भित्र लैजानेबारे छलफल गरिएको हो ।

‘संसद सचिवालयका लागि सिंहदरबारभित्र नयाँ भवन बन्दै छ । उक्त भवनमा संसद सचिवालयलाई लगेर स्वास्थ्य मन्त्रालयलाई अहिले संसद सचिवालय रहेको भवनमा सार्न सकिन्छ कि भनेर छलफल गरिएको हो’ , छलफलमा सहभागी प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने ।

शुक्रबार प्रधानमत्री कार्यालयमा छलफलमा संसद सचिवालयलाई  नयाँ बन्दै गरेकाे भवनमा सारेर स्वास्थ्य मन्त्रालयलाई यसैवर्ष सिंहदरबारभित्र  लान सकिन्छ की भनेर कुरा उठेको थियो। हाल स्वास्थ्य मन्त्रालय मात्रै सिंहदरबारबाहिर भएकाले भित्र ल्याउनु पर्ने आवाज उठ्दै आएको छ ।  संसद सचिवालयको नयाँ भवन जति चाँडो बन्यो स्वास्थ्य मन्त्रालय त्यति छिटो सिंहदरबारभित्र सर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #रामशाहपथ, #संसद सचिवालय, #सिंहदरबार भित्र सार्ने, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com