भिड नियन्त्रण गर्न कान्तिले सुरु गर्यो घरमै बसेर टिकट काट्ने ब्यवस्था


काठमाडौं । अस्पतालमा हुने अब्यवस्थित भिडको ब्यवस्थापन गर्न कान्ति बाल अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । यो सँगै कान्ति बाल अस्पतालमा बच्चाको उपचार गराउँदा घरबाटै टिकट काटेर जान सकिने भएको छ । अस्पतालमा लामो लाइन बस्नु पर्ने अवस्थाको यसले बिस्तारै अन्त्य गर्ने अधिकारीहरुले बताएका छन् ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकटको ब्यवस्था लागु भएको बताए । यसले देशका जुनसुकै कुनामा बसेर पनि अनलाइनबाट टिकट काटी उपचार सेवा लिन सक्ने डा बसौलाले बताए ।

गत पुस १९ गते सिंहदरबारमा भएको सचिवस्तरीय बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कर्मचारी संयन्त्रलाई ३० बुँदे निर्देशन जारी गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा लिने विषय जटिल भएको भन्दै ३० दिन भित्र लाइनको अन्त्य गर्नुपर्ने निर्देशन दिएका थिए । उक्त निर्देशनको पालना गर्दै कान्तिले टिकटलाई अनलाइनबाटै काट्ने ब्यवस्था मिलाएको हो ।

कान्ति बाल अस्पतालमा दैनिक ७ सयको आसपासमा बिरामी सेवा लिन पुग्ने गरेका छन् । सरकारी सेवा निजीको तुलनामा सुस्त भएकाले टिकट लिनकै लागि घटौं सम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । यसले उक्त बाध्यताको क्रमश अन्त्य गर्दै लैजाने निर्देशक डा बसौलाको बुझाई छ । अबदेखि सेवाग्राहीले आइएमई पे, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेर टिकट काट्न पाउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com