नेपाल चिकित्सक सङ्घको अध्यक्षमा डा. कार्की विजयी, को-को भए विजयी?


काठमाडौं । नेपाल चिकित्सक सङ्घ (एनएमए) को अध्यक्षमा डा. अनिल विक्रम कार्की विजयी भएका छन् ।

मङ्गलवार साँझ सकिएको मतगणनाअनुसार अध्यक्षमा डा. कार्की नेतृत्वको लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

देशभर ६ हजार २ सय ९१ मत खसेकोमा डा. कार्कीले ३ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी पेशागत समावेसी समूहका डा. सन्तोष पौडेलले २ हजार ३ सय २३ मत प्राप्त गरेका छन् ।

यसैगरी, अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका डा. शिवजीविक्रम सिलवालले २ सय ९० मत प्राप्त गरे । महासचिवमा डा. संजीव तिवारी २ हजार ९ सय १८ मतका ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५ सय ४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५ सय ५ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३ हजार ८१ मतका साथ विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५ सय ७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११ सय २४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकी ५३ सय ५३ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा. संजय ठाकुरले २२१४ मत ल्याए ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३ सय २२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३ सय ९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३ सय ५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३ सय ८ मत ल्याए ।

विजयी सदस्यहरूले ल्याएको मत
डा. तेज्सु सिंह मल्ल ३३ सय २१
डा. सृजना विष्ट ३१ सर ७८
डा. अमित रन्जन मिश्र ३१ सर ४८
डा. किशोर खत्री २९ सय ४६
डा. योभिन यादव २७ सय ६८
डा. स्मृति महत २७ सय २१

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com