पीयू अन्तर्गत आङ्गिक मेडिकल कलेज र कोशीलाई शिक्षण अस्पताल सञ्चालनका लागि सरकारले बजेट उपलब्ध गराउने


काठमाडौं । सरकारले कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २२ गतेको मितिमा प्रस्ताव स्वीकृत गराउँन मन्त्री परिषद्मा फायल पठाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चिकित्सा शिक्षाको आधार सङ्काय रहने गरी कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी आङ्गिक मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालय बीचको त्रिपक्षीय समझदारीपत्र स्वीकृतिका लागि प्रस्ताव पेश गरेको हो ।

प्राप्त परामर्श तथा अन्य प्रासङ्गिक कुराका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ९४ मिति २०७९ मंसिर २८ को पत्रबाट सङ्घीय सरकार अन्तर्गतको डडेलधुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८ माघ १० को निर्णयानुसार सुदुरपश्चिम विश्वविद्यालयलाई डडेलधुरा अस्पताल नै आधार सङ्कायको रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने निर्णयले कोशी अस्पताललाई पनि पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै अस्पताल सरह प्रयोग गर्ने गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी मेडिकल कलेज स्थापना गर्नको लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको अधिकारीहरूले बताएका छन् ।

प्रदेश १ को मोरङ जिल्लामा सञ्चालित कोशी अस्पताललाई आधार सङ्कायको रूपमा विकास गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको आङ्गिक मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालय गरी तीन पक्ष बीचको समझदारी पत्र, २०७९“ स्वीकृत गर्ने भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट शिक्षा सचिव र पूर्वाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपतिलाई अधिकार दिने निर्णय गरेको छ ।

मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com