गुरू योजना स्वीकृत हुनेवित्तिकै स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सारिने


काठमाडौं । सिंहदरबारभित्र सबै मन्त्रालय राख्ने गरी बनाइएको गुरु योजना स्वीकृत हुनेवित्तिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सारिने भएको छ ।

सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदिप परियारका अनुसार स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र सार्ने गुरूयोजना तयार भइसकेको छ । उक्त गुरु योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

गुरु योजना स्वीकृत भइनसकेकाले स्वास्थ्य मन्त्रालयलाई कुन भवनमा सार्ने भन्ने विषयमा छलफल नभएको प्रवक्ता परियारले बताए । गुरु योजना स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयलाई कुन भवनमा व्यवस्थापन गर्ने विषय टुंगोमा पुग्ने उनले सुनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर रहेको एक मात्र मन्त्रालय हो । सबै मन्त्रालय सिंहदरबारभित्र हुँदा स्वास्थ्य मन्त्रालय रामशाहपथमा अलग्गै रहेको छ । अब भने उक्त मन्त्रालयलाई सिंहदरबारभित्रै लैजाने गुरु योजना बनेको छ ।

सहरी विकास मन्त्रालयका अधिकारीहरुका अनुसार अबको ५/६ महिनाभित्र स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सरिसक्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com