युरोपियन युनियनका कमिश्नर उर्पिलाइनन् प्रसुती गृहमा, मिल्क बैँकको अवलोकन


काठमाडौं । युरोपियन युनियनका कमिश्नर जटा उर्पिलाइनन प्ररोपकार प्रसुती गृह पुगेकी छिन् ।

युरोपियन युनियन र युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा प्रसुती गृहमा स्थापित मिल्क बैँकको अवलोकन गर्न उनी त्यहाँ पुगेकी हुन् ।

अवलोकनको क्रममा उनले नेपालमै पहिलोपटक स्थापित मानव दूध बैँकको प्रभावकारिता र यसको आवश्यकताबारे नागरिकको चासो कस्तो छ भनेर बुझेकी थिइन् ।

साथै उनले मिल्क बैँकमा दूध दान गर्ने आमा र मिल्क बैँकबाट दूध पाउने अभिभावकसँग पनि कुराकानी गरेकी थिइन् ।

नेपालमा मातृ शिशुको पोषणलाई बढावा दिन युरोपियन युनियनले जोड दिँदै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com