काठमाडौं न्यूरो अस्पतालको दादागिरी, नर्सलाई भन्योः काउन्सिलसँग सेटिङ छ, लाइसेन्स खारेज गरिदिन्छौ

मन्त्रीले भने जस्तै कारबाही गर्लान् त अस्पताललाई ?


काठमाडौं । मानविय सेवामा खटिएका नर्सहरुमाथी चरम श्रम शोषण गर्दै आएको राजधानिको काठमाडौं न्यूरो अस्पतालले दादागिरीपन देखाएको छ । श्रम शोषणमा परेर दबिएका नर्सहरूलाई समाचार लाइक गरेको बाहनामा धम्कि दिएको पाइएको छ ।

स्वास्थ्य लाइभ लगायत विभिन्न सञ्चार माध्यमले नर्सहरू श्रम शोषणमा परेको विषय उजागर गरेका थिए । नर्स बन्न दशौं लाख खर्च गरेर तलब ५ देखि ९ हजार पाउँने गरेको विषय उठाए पछि त्यहाँ कार्यारत केही नर्सहरूले उक्त समाचारमा लाइक गरेका थिए । सोही समाचारमा लाइक गरेको भन्दै अस्पताल प्रशासनले चरम मानसिक यातना दिएको खुल्न आएको छ ।

नर्सिङ दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले श्रम शोषण गर्ने अस्पतालहरूमाथि कारबाही गर्ने र आवश्यक परे नविकरण खारेज गर्ने अभिव्यक्ति दिएका थिए । उनले अभिव्यक्ति दिएको हप्ता दिन पुग्न नपाउँने काठमाडौं न्यूरो अस्पतालले कम तलबको विषय उठाएको भन्दै नर्सहरूलाई यातना दिएको पाइएको छ ।

पिडितले बताए अनुसार अस्पतालका फाइनान्स डाइरेक्टर लक्ष्मण महर्जनले नर्सहरूलाई यातना दिएका हुन् । स्वास्थ्य लाइभले उनीसँग यस विषयमा बुझ्न खोज्दा त्यसो नभनेको बताए । उनले भने, ‘कसले भन्यो यो कुरा रु मैले किन कारबाही गर्छौ भन्नु र । यस विषयमा शुक्रवार छुट्टै बसेर कुरा गरौं भनेपछि हामीलाई उनिमाथि शङ्का उब्जिएको छ ।’

नर्सिङ काउन्सिलसम्म सेटिङ छ, लाइसेन्स खारेज गर्दिन्छु भनेर नर्सलाई यातना दिने काठमाडौं न्यूरो अस्पताल र त्यहाका फाइनान्स डाइरेक्टर माथि कारबाही हुन जरुरी छ । यो एउटा उदाहरण मात्रै हो । यसरी नर्सलाई चरम यातना दिएर बोलि बन्द गराउँने अस्पताहरू थुप्रै छन् ।

मन्त्री जी, तपाईंले प्रमाण भए कारबाही गर्छु भन्नु भएको थियो । के यस अस्पताललाई कारबाही गर्न सक्नु हुन्छ । हैन भने तपाइले दिएको अभिव्यक्तिको कुनै अर्थ रहँदैन । तपाईं सच्चा मन्त्री त्यो बेला ठहरिनु हुन्छ जुन बेला तपाईंले काठमाडौं न्यूरो अस्पताल र त्यहाँको फाइनान्स डाइरेक्टर लक्ष्मण महर्जनमाथि कारबाही गर्नुहुन्छ । काठमाडौं न्यूरो अस्पतालले नर्सिङ काउन्सिलमाथि समेत आरोप लगाए पछि यस विषयमा काउन्सिलले आफ्नो भनाइ राख्नु पर्छ ।

के महर्जनले भनेको जस्तो तपाइहरुसँग उसले सेटिङ गरेको छ ? पिडीत नर्सले हामीलाई पठाएको म्यासेजको सारांश यस्तो छ ..

समाचारमा गरेको कमेन्ट डिलिट गर्नु नत्र नराम्रो हुन्छ । तिमिहरूको लाइसेन्स खारेज गर्न सक्छौं । तिमिहरूले व्यक्तिगत रमाइलोका लागि मात्रै गरेको हो ।

संस्थाले ब्याक फायर गर्यो भने केसम्म गर्छ त्यो सोचेको छैन रु नेपाल नर्सिङ काउन्सिलको मान्छेहरूसँग लिङ्क छ । तिमिहरूलाई हामीले जे पनि गर्न सक्छौं । हामीले पहिल्यै तलव भनेका थियौं । तिमिहरु आफै काम गरेका हौं ।

धेरै तलब खाने मन भए वीर अस्पताल, शिक्षण अस्पतालमा जाँनु । राजिनामा दिए हुन्छ । यो संस्थामा काम गर्ने भए जिम्मेवार हुनपर्छ । सोसल मिडियामा कमेन्ट गर्ने हैन । संस्था त्यतिकै चलेको हैन । तिमिहरूले कतै जब नपाए पछि हाम्रोमा आएका हौं ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ