डाक्टरले घुर्कि देखाउँदा ४ लाख नागरिकको ज्यान जोखिममा


काठमाडौं । एक जना चिकित्सकलाई प्रहरीको लौरो लागेको विषयमा नेपाल चिकित्सक संघले कानुनको उलंघन गर्दै आइतबार देशभर सेवा ठप्प पार्ने धम्किपूर्ण विज्ञप्ती निकालेको छ । राज्यलाई कानुनको पाठ सिकाउँने चिकित्सक संघ आफै त्यसको ठाडो उलंघनमा जुट्दा कानुनै लजाएर भुतुक्क भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा शुक्रबार ड्युटीमा रहेका प्रहरीको आदेश पालना नगर्दा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जनिथलाल सिंहलाई लौराले ट्वाक्क हिर्काएको थियो । चिकित्सक कुटेको भन्दै सोही दिन सडकमा चिकित्सक र प्रहरी बिच केही बेर ठेलाठेल भएको थियो ।

चिकित्सक संघको विरोध पछि प्रहरीले चिकित्सक कुट्ने हवल्दारलाई निलम्बन गरेको छ । वरिष्ठ प्रहरी हवल्दार सम्भुजंग गुरुङलाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए । उसल् सेवामा सहजता ल्याउन पनि भनेकाेछ । तर, चिकित्सकलाई कसले छुन सक्ने !

प्रहरी निलम्बनमा पर्दा समेत चिकित्सकको धम्कि रोकिएको छैन । यसअघि नेपाल चिकित्सक संघले डा सिंह माथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त समयमा प्रहरीले इमान्दारीताका साथ निलम्बन गरेको हो । तर, चिकित्सकले कानुन बिपरित आफ्नो घुर्कि देखाइरहेका छन् ।

चिकित्सक संघले आइतबार देशभर आकस्मिक बाहेकका सेवा ठप्प बनाउँने निर्णय गरेको छ । माग अनुसार प्रहरी हवलदार निलम्बन परिसकेका छन् । अब केका लागि जनतालाई सेवा रोक्ने हो कसैले बुझेको छैन । शनिवार नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले निकालेको विज्ञप्तीको चौतर्फि बिरोध भएको छ । अरुलाई कानुनी पाठ सिकाउनेले त्यसको पालना गर्न पनि जान्नुपर्ने विज्ञहरु बताउँछन् ।

कानुन अनुसार वास्थ्य संस्था, अस्पताल बन्द गरी वा सेवा अवरुद्ध बनाएर आन्दोलन, बन्द, हड्ताल जस्ता कार्यमा उत्रने चिकित्सक माथि ६ महिना कैदको व्यवस्था गरेको छ ।

आन्दोलन गर्दा देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द हुन्छ । यसले करिब चार लाख बढी बिरामी सेवाबाट बन्चित हुन्छन् । स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका अनुसार तीन लाख ८२ हजार तीन सय बिरामीले उपचार पाउँदैनन् । यसमा कतिपयको सेवा नपाएका कारण मृत्यु हुन्छ ।

‘सहरका अस्पतालमा बिरामीको चाप अत्यधिक छ । जिल्लाका हेल्थपोस्ट र स्वास्थ्यचौकीमा दैनिक ३० देखि ५० जनासम्म बिरामी आउने गर्छन् । सबै जोड्दा प्रतिस्वास्थ्य संस्था एक सय बिरामी ओपिडीमा आउने गरेको देखिन्छ,’ स्वास्थ्य मन्त्रालय भन्छ् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८३ जिल्ला अस्पताल, १८ अञ्चल अस्पताल, सात केन्द्रीय अस्पताल, १९९ हेल्थ पोस्ट र ३२ सय स्वास्थ्य चौकी छन। निजी अस्पतालको संख्या तीन सय १६ छ । धेरै निजी नर्सिङहोम, क्लिनिकलाई यसमा समावेश गरिएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com