वीर अस्पतालमा स्वास्थ्य सेवा खुला


काठमाडौं । जनयुद्ध दिवसको नाममा सरकारले आज सार्वजनिक बिदा दिएको छ । परराष्ट्र मन्त्रालय र बैंकहरु खुला रहेपनि अधिकांश सरकारी अस्पतालले सेवा बन्द गरेका छन् । तर, वीर अस्पतालले भने स्वास्थ्य सेवा खुला गरेको छ ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र कुमार बस्नेतले अस्पतालले आज नियमित स्वास्थ्य सेवा दिइरहेको बताए । स्वास्थ्य सेवा बन्द नगरिएको उनको भनाइ छ ।

सरकारले दिएको सार्वजनिक बिदाको विषयमा चर्को आलोचना समेत भइरहेको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्र बिदाका नाममा सेवा रोक्नु सर्वथा गलत हो । वीर अस्पतालले भने बिरामीको सेवा गर्ने धर्म निवाएको छ ।

स्वास्थ्य संस्थाहरू सम्भव भएसम्म खुला राख्न उपयुक्त हुन्छ । वीर अस्पतालले जस्तै अन्य अस्पतालहरुले पनि जनहीतमा स्वास्थ्य सेवा खुला राख्न आवश्यक देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com