यातायात व्यवसायीले फुटाए एम्बुलेन्स


काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले एम्बुलेन्स फुटाएका छन् । बालाजु नयाँ वसपार्क क्षेत्रमा आज आन्दोलनरत यातायात व्यवसायीले एम्बुलेन्स तोडफोड गरेका हुन् ।

आन्दोलनकारीहरुले प्रहरीको भ्यानमाथि समेत आगजानी गरेका छन् । उनीहरूले भोलि यातायात बन्दको घोषणा गरेका छन् ।

यातायात व्यवसायीहरुको आन्दोलनले हिंसात्मक रुप लिइरहेको छ । सर्वसाधारणहरुलाई ज्यान जोगाउन समेत मुस्किल परिरहेको छ । नयाँ वसपार्क क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com