प्रोस्टेटको समस्या हुँदा देखिने लक्षण र जटिलताबारे जानिराखौं….


पुरुषको पिसाबथैली र लिङ्गको बीचमा रहेको ग्रन्थीलाई प्रोस्टेट भनिन्छ । यो ४० वर्ष नाघेका पुरुषमा लाग्ने सम्भावना बढी हुन्छ । प्रोस्टेटले एक प्रकारको तरल पर्दाथ उत्पादन गर्छ जसले शुक्रकिटलाई बचाउँछ ।

लक्षण :
प्रोष्टेट समस्या हुँदा सबै मानिसमा एकै प्रकारको लक्षण नदेखिन सक्छ ।
उमेर, प्रोस्टेटको साईज अनुसार फरकफरक हुन्छ ।
छिनछिनमा पिसाब लाग्ने ।
राती पिसाब गर्न उठिरहनु पर्ने ।
पिसाब फेर्ने गारो हुने ।
पिसाबको धारा सानो हुने ।
पिसाब गरिसकेपछि अझै बाँकी भएको जस्तो अनुभव हुन्छ ।

अन्य कारण :
पिसाब नलीको सङ्क्रमण
प्रोस्टेटको सङ्क्रमण
पिसाब नली साँघुरिदै जानु
पहिलाको अपरेसनपछि पिसाब थैलीमा दाग बस्नु
पिसाब थैली र मिर्गाैलाको पत्थरी
पिसाब थैलीको नसाको समस्या

प्रोस्टेट र पिसाब थैलीको क्यान्सरमाथि उल्लेखित कुनै समस्या देखिए डाक्टरलाई भेट्ने र डाक्टरको सल्लाह बमोजिम उपचार गर्ने । यदि पिसाब रोकिएमा चाडोभन्दा चाडो डाक्टरलाई भेट्ने ।

कारण :
प्रोस्टेट पिसाब थैलीको ठिक तल रहेको हुन्छ जसको बिचबाट पिसाब नली गएको हुन्छ । जुन बेला प्रोस्टेट बढेर ठुलो हुन्छ त्यसपछि पिसाब रोकिन सुरु हुन्छ ।

जोखिमका कारक तत्व उमेर : प्रायः जसो ४० वर्ष नाघेका पुरुषमा यो समस्या देखिएको पाईन्छ ।

वंशानुगत : वंशानुगत रुपमा पनि यो रोग लाग्ने हुन्छ । बुबा वा दाईलाई छ भने छोरा वा भाईलाई लाग्ने सम्भावना हुन्छ ।

जीवनशैली : व्यायम नगर्ने व्यक्तिमा यो समस्या बढी हुन्छ ।

जटिलता :
पिसाब फेर्न नसक्नु: बढेको मासुको कारण पिसाब नली सानो हुने भएकोले पिसाब फेर्न सकिदैन । त्यसैले पिसाब नलीमा पाईप राखी पिसाब गराइन्छ ।

मुत्र नलीमा सङ्क्रमण: पिसाब थैलीमा भएको पिसाब सबै सकिदैन त्यसले गर्दा मुत्रनलीमा सङ्क्रमण हुन्छ । लगातार मुत्रनलीमा सङ्क्रमण भएको खण्डमा अपरेसन गर्नुपर्छ ।

पिसाब थैलीमा पत्थरी : पिसाब थैलीमा भएको पिसाब सबै नखुलेमा पत्थरी हुने बढी सम्भावना हुन्छ । पिसाब नलीमा सङ्क्रमण हुँदा, पिसाबमा रगत देखिनु जस्ता समस्याले पिसाब थैलीमा पत्थरी हुन्छ ।

मिर्गाैलामा खराबी: पिसाब राम्रोसँग फेर्न नसकेर जम्मा भएको पिसाबको कारण पिसाबथैलीमा बढी चाप भई मिर्गाैलामा खराबी समेत हुनसक्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com