डिप्रेसन भए नभएको कसरी थाहा पाउने ? यसो भन्छन् मनोचिकित्सक डा.महत


डिप्रेसनलाई दिग्दारी रोग पनि भनिन्छ । डिप्रेसनका बिरामी नेपालमा मात्रै नभएर विश्वमै दिन प्रतिदिन बढ्दै गइरहेको छ । के हो डिप्रेसन ? किन हुन्छ डिप्रेसन र बच्न के गर्ने ? मनोचिकित्सक डाक्टर पशुपति महत यसो भन्छन्:—

विभिन्न अध्ययन रिर्पोट अनुसार नेपालमा डिप्रेसनका बिरामी १० देखि १५ प्रतिशतसम्म छन् । डिप्रेसनले तुरुन्तै त्यस्तो नकारात्मक प्रभाव नपार्ने र मानिसको ज्यान लिइनहाल्ने भएकाले पनि धेरैले यस रोगलाई वास्ता गरेको पाइदैन् । तर, बेलैमा यसको सही उपचार भएन भने ज्यानै जाने सम्भावना पनि हुन्छ ।

डिप्रेसन हुने कारण :
डिप्रेसन एउटा मात्रै कारणले हुन्छ भन्ने छैन् । धेरै कारणले डिप्रेसन हुनसक्छ । अर्कोकुरा डिप्रेसन हुँदा सबैलाई एकै प्रकारको लक्षण देखा नपर्न पनि सक्छ । विशेषगरी डिप्रेसन हुने मुख्य कारण यस्ता छन् :—

वंशाणुगत प्रभाव ।
चिन्ता लिनु ।

तनाव, स्ट्रेसमा काम गर्नु । जीवनमा कुनै आकास्मिक दुर्घटनाको असर पर्नु, जसलाई मस्तिष्कले झेल्न नसक्नु । असफलता वा सोचे अनुकुलको काम नहुँदा सामान्य रुपमा लिन नसक्दा पनि डिप्रेसन हुन सक्छ ।

डिप्रेसनका लक्षण डिप्रेसन हुँदा तुरुन्त लक्षण नदेखिन पनि सक्छ । तर, विस्तारै यस्ता लक्षण देखिन सक्छ :—
उदास हुने ।
निरास हुने ।
कमजोरी महशुस हुने ।
हिनताबोध ।
इच्छाशक्तिको कमी ।
दिग्दारीपन ।
समाजमा प्रस्तुत हुन असहज ठान्ने ।

यसकारण डिप्रेसनलाई बेवास्ता गर्नुहुँदैन हाम्रो समाजमा डिप्रेसनलाई रोगको रुपमा लिने चलन अझै विकास भएको छैन् । डिप्रेसनका बिरामीलाई उल्टै विभिन्न आक्षेप लगाउँदा बिरामीको अवस्था गम्भीर हुनेगर्छ ।

सुरुवाती चरण वा कुनै पनि लक्षणको शङ्का लागेका मनोचिकित्सककोमा जानुपर्छ । परिवारका सदस्यले पनि शौहार्द वातावरण तय गर्यो भने डिप्रेसन छिट्टै निको हुन्छ । अन्यथा मानिसको ज्यानै जाने खतरा हुन्छ । आत्महत्याको प्रमुख एक कारण डिप्रेसन पनि हो ।

यस्ता व्यक्तिलाई डिप्रेसनको सम्भावना बढी :
पछिल्लो समय युवायुवतीलाई डिप्रेसनले बढी नै सताउने गरेको छ । यद्यपि, डिप्रेसन सबै उमेर समूहका व्यक्तिमा हुन्छ । मानसिक, पारिवारिक, सामाजिक, आर्थिक अवस्था, कामको प्रकृति आदिले डिप्रेसन हुने नहुने कुराको निर्धारण गर्छ ।

डिप्रेसनबाट बच्न यसो गर्ने :
तनाव नलिने ।
जस्तो सुकै परिस्थितिलाई पनि सामान्य रुपमा लिने ।
नियमित व्यायम गर्ने ।
स्वस्थ खानपानमा ध्यान दिने ।
परिवारका अग्रजलाई यस्तो रोग लागेको भए आफुलाई पनि समय समयमा मनोचिकित्सकको परामर्शमा रहने ।

डिप्रेसनको उपचार :
डिप्रेसनको समयमै पहिचान गरी उचित उपचार गर्यो भने छिट्टै निको हुन सक्छ । दक्ष चिकित्सकको सल्लाह बमोजिम डिप्रेसनको अवस्था हेरी दुई प्रकारले उपचार गर्न सकिन्छ ।
१. औषधिको सेवन ।
२. परामर्श (साइको थेरापी)।

यो उपचार गरिसकेपछि बिरामी पूर्ण निको भएपनि पहिलेको जस्तै व्यवहार दोहोराउन सक्छ । यसतर्फ भने बिरामी स्वयं र परिवारका सदस्य सचेत रहनुपर्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com