छात्रावृत्तिका ३४ चिकित्सक मध्ये २७ जना मन्त्रालयमा खटाईए (काे कहाँ खटाईए)


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल सरकार छात्रावृत्तिमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी/एमएस अध्ययन सम्पन्न गरेका ३४ जना विशेषज्ञ चिकित्सक परिचालन गरेको छ ।

मन्त्रालयले ३४ जना एमडी/एमएस अध्ययन सम्पन्न गरेका विशेषज्ञ चिकित्सक परिचालन गरिरहेको मध्ये सात जना मात्रै अस्पतालमा खटाएको छ । अन्य २७ जना प्रदेशका मन्त्रालयहरूमा परिचालन गरिएको छ ।

सरकारले गाउँका कुना कन्जरा सम्म विशेषज्ञ चिकित्सक पुगुन भन्ने हेतुले छात्रावृत्तिमा पढाएर केही वर्ष दुर्गम सेवाका लागि पठाउँने गर्छ । यही कारण चिकित्सकहरूलाई “सरकारी शिक्षण संस्थाहरूमा चिकित्सा शास्त्र छात्रवृत्ति छनौंट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२” र अस्पतालहरूबाट विभिन्न सङ्घीय अस्पतालहरू र प्रदेशमा चिकित्सक परिचालन गरेको हो ।

विद्यार्थीहरू पनि सरकारी पैसामा पढे्न पाउने भएपछि सुरुमा कोही नपुग्ने ठाउँमा गएर सेवा दिन्छु भन्दै सहमती गर्न सबै भन्दा अगाडी पुग्ने गर्छन् । तर, पास गरेपछि सियो भएर छिरेका चिकित्सक विद्यार्थी फाली भइर बाहिर आउँछन् । जसले गर्दा सरकारलाई दुर्गम चिकित्सक पठाउँन चर्को परेको छ । छात्रावृत्तिमा पढाउने व्यवस्था नै रोक्नु पर्ने पक्षमा पनि स्वास्थ्य क्षेत्रमा कुरा उठ्न थालेको छ ।

पास भएका चिकित्सक विद्यार्थीको एउटा मात्रै उदेश्य हुन्छ दुर्गम सेवा दिन नजाने । सम्झौता अनुसार दुर्गम पठाउँन संङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्रिया थालनी नगर्दै सरकारको पैसाले जीवन बनाएका चिकित्सक सुगम बस्न शक्ति केन्द्र धाउँन थाल्छन् ।

दुर्गममा गएर सेवा नदिन विभिन्न बाहना बनाउँछन् । नाटकिय रुपमा प्रस्तुत हुने चिकित्सक पुरुष भए घरमा श्रीमती सुत्केरी हुने अवस्थामा छ । बुबा आमा बिरामी र भर्खरै बिवाह गरेको गाउँ जान टाढा हुन्छ । महिला चिकित्सक भए पनि सुनाउने व्यथा एउटै छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ