कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई जर्मनीको १५ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग


काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख खोपको मात्रा नेपाल सरकारलाई प्रदान गरेको छ ।
बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयमा  नेपालका लागि जर्मनी राजदुत डा. थ्रोमास  प्रिन्सले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम  गिरी लाई  खोप हस्तान्तरण गरेका हुन् ।

राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरूले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए ।
मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी जेष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं,’ मन्त्री गिरीले भने । मन्त्री गिरीले भूकम्पको बेला जर्मनीले गरेको सहयोगको खुलेर प्रशंसा गरे ।

२०७२ सालको विनासकारी भूकम्पको समयमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो ।
त्यस्तै कोभिड–१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामाग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो । सन् १९५८ देखि नेपाल र जर्मनीबीच कुटनीतिक सम्बन्ध कायम भएको हो , यो सम्बन्धले ६५ वर्ष पुरा गरिसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com