बालबालिकामा मिर्गौला बिग्रने समस्या, जानौं कारण र बच्ने उपायबारे…


मिर्गौला रोगका कारण पछिल्लो समय प्रभावित हुनेको सङ्ख्या बढ्न थालेको छ । यो एक जटिल प्रकृतिको रोग हो । प्रत्येक वर्ष यस रोगका विश्वभर १ करोडभन्दा बढी मानिस प्रभावित भइरहेका छन् । के बच्चा, के युवा, के वृद्ध सबै उमेरका मानिसमा यो रोग लाग्ने गर्दछ । नेपालमा पछिल्लो समय धेरै बच्चाको मिर्गौला बिग्रेको पाइन्छ । बच्चामा मिर्गाैला किन बिग्रन्छ र कसरी थाहा पाउने भन्ने विषयमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिलीप शर्माको सुझाव यस्तो छ:

मिर्गौला रोग वृद्धवृद्धा तथा युवाहरूलाई मात्र लाग्छ भन्ने धेरैको बुझाई छ । तर, होइन । मिर्गौला रोग बच्चाहरूमा पनि लाग्न सक्छ । यो रोगका लक्षणहरू निकै ढीला मात्र थाहा हुने भएकाले मिर्गौला रोग जटिल रोग बन्ने गर्दछ । यस अर्थ पनि अभिभावकले सदैब बच्चाहरुको मिर्गौला प्रति चासो राख्नु पर्दछ ।

बच्चामा मिर्गौला रोग लाग्ने मुख्य कारणहरू :
१. पटक पटक पिसाबको सङ्क्रमण हुनु ।
२. पिसाबबाट प्रोटिन जानु ।
३. पत्थरी हुुनु ।
४. लामो समय नाक तथा घाँटीको सङ्क्रमण हुनु ।
५. वंशाणुगत गुण ।
६. पिसाब धेरै समयसम्म थुनेर राख्ने बानी हुनु ।
७. जङ्कफुडहरूको प्रयोग बढी गर्नु ।

लक्षणहरू :
१. पिसाब पहेलो देखिने ।
२. पिसाब पोल्ने ।
३. पिसाब फेर्दा फिँज आउने ।
४. रक्तचाप बढ्ने ।
५. पिसाब कम हुुने ।
६. पिसाबमा रगत देखिने ।

बच्ने उपाय:
१. पिसाब पहेँलो देखियो वा कुनै पनि समस्या देखिए तत्काल पिसाब परीक्षण गराउने ।
२. घाँटी तथा छालामा कुनै पनि सङ्क्रमण भए तुरुन्त परीक्षण गराउने ।
३. बच्चा ९/१० वर्षसम्म पनि ओच्छानमा पिसाब फेर्छ भने मिर्गाैला सम्बन्धी रोग लाग्न सक्छ । यस्ता बच्चाको स्वास्थ्य परीक्षण गराउने ।
४. कब्जियत, पित्तथैलीमा समःया हुदा पनि मिर्गौला बिग्रन सक्छ त्यस कारण यस्ता समस्यादेखिए परीक्षण गराउने ।
५. बच्चालाई प्रसस्त पानी पिउँन लगाउने ।
६. जङ्क फुड,आइसक्रिम लगायतका खानेकुराको प्रयोग गर्न नदिने ।
७. मिर्गौला रोगी आमा बाबु भए सन्तान नजन्माउने ।
८. यदि पेटभित्रै बच्चामा मिर्गौला रोग लागेको थाहा पाए चिकित्सकको सल्लाह बमोजिम मिलेसम्म यस्तो बच्चालाई नजन्माउने ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com