सांसद भण्डारी र उनको आमाको उपचार नेपालमा सम्भव नभएकाले बाहिर लैजान किर्तिपुर अस्पतालद्वारा सिफारिस


काठमाडौं । किर्तिपुर अस्पतालले नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र उनको आमा हरिकला भण्डारीको उपचारका लागि बाहिर लैजान सिफारिस गरेको छ ।

अस्पतालको जलन उपचार विभागका प्रमुख किरण नकर्मीले नेता भण्डारीको अनुहार, दुबै हात र दुबै गोडाहरूमा गरी २५ देखि ३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलेको हुँदा थप उपचारका लागि नेपालभन्दा बाहिर सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरिएको बताए ।

उनले दुबैजनाको श्वासनलीमा तातो हावा र धुवाँका कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको तथा अस्पतालको हाल उपलब्ध स्रोत र साधनले उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने भएकाले देश बाहिर सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरिएको पनि जानकारी गराए ।

सांसद भण्डारीको बुद्धनगरस्थित आफ्नै घरमा खाना पकाउने ग्यास सिलिन्डर बुधवार पड्किएर दुर्घटना भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com