सांसद भण्डारीलाई थप उपचारका लागि केहिबेरमा भारतको मुम्बइ लगिँदै


काठमाडौं । ग्यास सिलिन्डर पड्किर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई अहिले केहिबेरमा थप उपचारका लागि भारतको मुम्बइ लगिँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीको निजी सचिवालयका अनुसार ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरमा लैजाने तयारी भएको छ ।

अहिले दिउँसो २ बजे श्री एयरलाइन्समार्फत् उनलाई मुम्बइ लैजाने तयारी भइरहेको छ ।

शरीरको ३० प्रतिशत भाग जलेको र श्वासनलीमा सम्या भएका कारण भण्डारीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको थियो।

बुधबार राति खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

दुवैजनालाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा हरिकला भण्डारीको आज बिहान निधन भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com