कृत्रिम श्वासप्रश्वास दिएर बम्बई लगियाे सांसद भण्डारीलाई, को-को छन् चिकित्सकीय टोलीमा ?


काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई कृत्रिम श्वासप्रश्वासकाे सहायतामा भारतकाे बम्बईमा रहेकाे नेशनल बर्न सेन्टर लगिएको छ ।

शरिरकाे ३० प्रतिशत भाग जलन भएका नेत भण्डारीलाई श्वासनलीमा समस्या देखिएका कारण अस्पतालले थप उपचारका लागि अन्यत्र रिफर गरेपछि उनलाई बम्बई लगिएको हो ।

अस्पतालका चिकित्सकले बताए अनुसार भण्डारीकाे अवस्था गम्भीर छ ।

श्वासप्रश्वासकाे नलि सुनिन थालेकाे छ । जसले जटिलता थपेकाे छ ।

भारतसम्म पुर्याउदा श्वासप्रश्वासमा समस्या नहाेस् भनेर कृत्रिम रुपमा मुखबाट पाइप जाेडेर श्वासप्रश्वासमा सहजता गराइएको चिकित्सकले बताए ।

‘भण्डारीको उमेर ६४ वर्ष छ ।’ उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य लाइभसँग भने, ‘उमेरका कारण ३० प्रतिशत जलन हुनु धेरै कृटिकल हाे ।’

उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् ।

डा.प्रदिप तिवारी क्रिटिकल केयर हेड, डा.वृहस्पति एनेस्थेसिया क्रिटिकल केयर, डा.रोशन शर्मा फ्लाइट डाक्टर रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com