बम्बईमा उपचाररत काँग्रेस नेता भण्डारीको स्वास्थ्य स्थिर, आज दुईपटक शल्यक्रिया गरिने


काठमाडौं । बम्बईमा उपचाररत नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

आगलागिमा परी घाइते भएका नेता भण्डारीलाई बिहीवार भारतको बम्बईस्थित नेशनल बर्न्स सेन्टर लगिएको थियो ।

डाक्टरहरूका अनुसार भण्डारीकाे सबै हेल्थ पारामिटरहरू नर्मल रहेका छन् । उनको हृदयको चाल पनि सामान्य रहेको र आत्तिनु नपर्ने बताइएको छ ।

भण्डारीसँगै गएका माधव न्यौपानेका अनुसार भण्डारीको अहिले आईसीयुमा उपचारत भइरहेको छ ।

भण्डारीको उपचारमा संलग्न चिकित्सकहरूले आज बिहान १०:३० मा पहिलो सर्जरी गर्ने र दिउँसो १:३० बजे दोस्रो सर्जरी गर्ने तयारी गरेको छ ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधवार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीवार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीवार नै भारत लगिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com